एमाले संसदीय दलको निर्णय: मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने

धनगढी :  नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । २४ सदस्यीय संसदीय दलमा ओली पक्षका ६ जना छन् । उता काँग्रेस संसदीय दलकाे बैठक बसिरहेकाे छ ।

स्राेतका अनुसार काँग्रेसले पनि मुख्यमन्त्री भट्टकाे पक्षमा नै उभिने देखिएकाे छ । दलहरुकाे आन्तरिक छलफलले विहान ९ बजे बस्ने भनिएकाे प्रदेशसभा बैठक १ घण्टा पछि धकेलिएकाे बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

दोधारा–चाँदनीमा धानरोपाई गर्ने क्रममा सर्पदंशबाट पुरुषको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा सर्पले टोक्दा एक पुरुषको ज्यान गएको छ । दोधारा चाँदनी –८ बस्ने वर्ष ४७ का दुर्गा बहादुर थापाको आज...

खैरो हिरोइन सहित युवक पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका –८, पचुई बाट लागु औषध सहित एक युवक पक्राउ गरेको छ । पैदल हिन्दै गरेका वर्ष ३०को...

भीमदत्तद्धारा विशेषज्ञ डाक्टरको परिश्रमीकका लागि महाकाली अस्पताललाई १० लाख सहयोग

महेन्द्रनगर :  कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख रुपयाँ सहयोग गरेको छ । दुई जना विशेषज्ञ डाक्टरको सेवा सुविधाका लागि उत्त रकम...

सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा

कञ्चनपुर : सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा विकास सिह महता सरकारले...

कञ्चनपुरका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

कञ्चनपुर :  दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारीका बेला समाचार संकलनमा खटिएका कञ्चनपुर जिल्लाभरीका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । नेपाल पत्रकार...