नेपाल जोर्डनसँग पराजित, समूह चरणको अन्तिम खेल शुक्रबार अष्ट्रेलियासँग खेल्ने

कञ्चनपुर ,
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा बाहाले सहजै गोल गरे ।

खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३-० को जित दिलाए । यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३-० ले नै हराएको थियो ।

जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।

नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

दोधारा–चाँदनीमा धानरोपाई गर्ने क्रममा सर्पदंशबाट पुरुषको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा सर्पले टोक्दा एक पुरुषको ज्यान गएको छ । दोधारा चाँदनी –८ बस्ने वर्ष ४७ का दुर्गा बहादुर थापाको आज...

खैरो हिरोइन सहित युवक पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका –८, पचुई बाट लागु औषध सहित एक युवक पक्राउ गरेको छ । पैदल हिन्दै गरेका वर्ष ३०को...

भीमदत्तद्धारा विशेषज्ञ डाक्टरको परिश्रमीकका लागि महाकाली अस्पताललाई १० लाख सहयोग

महेन्द्रनगर :  कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख रुपयाँ सहयोग गरेको छ । दुई जना विशेषज्ञ डाक्टरको सेवा सुविधाका लागि उत्त रकम...

सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा

कञ्चनपुर : सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा विकास सिह महता सरकारले...

कञ्चनपुरका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

कञ्चनपुर :  दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारीका बेला समाचार संकलनमा खटिएका कञ्चनपुर जिल्लाभरीका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । नेपाल पत्रकार...