डोटीका जनताको प्राण बचाउन सरकारको भन्दा चिन्ता साईन नेपाल संस्थाको

कैलाली – देशभर फैलिएको कोरोना महामारीको दोस्रो लहरले विश्वभरका सबैलाई सिथिल पारेको छ । त्यस्तै सुदुरपश्चिममा पनि तराई तथा पहाडका सबै जिल्लाहरुमा यसको प्रकोप उच्च रहेको थियो । उच्च प्रकोपलाई सामना गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले महत्त्वपूर्ण भुमिका निर्वाह नगरेको भने होईन । तर पनि डोटीमा तिनै तहका सरकारको भुमिका भन्दा कैलालीको धनगढीमा रहेको साईन नेपाल संस्थाको भुमिका महत्त्वपूर्ण देखिन्छ । कोरोना भाईरस संक्रमण दरको सुरुवात चरण देखि नै साईन नेपालका अध्यक्ष भक्तराज जोशी सहित उनको टिम निरन्तर डोटीका जनताको प्राण बचाउन विभिन्न उपायको खोजी गर्दै दौडिन्थ्यो ।
No description available.
संस्थाका अध्यक्ष जोशी यस्तो महामारीमा कहिले स्वास्थ्य सामाग्री, कहिले कोरोना परिक्षणका लागि एन्टिजेन्ट कीट, कहिले भने प्राण वायु उत्पादन सहितका थुप्रै स्वास्थ्य उपकरणहरुको बन्दोबस्त सहित सरकार भन्दा अगाडि डोटी पुग्ने गर्थे । यसपटक पनि उनको टिम डोटीका ६ र बाजुराका २ पालिकाहरुमा कोभिड-१९ व्यवस्थापन गर्न अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, नेबुलाईजर, पिपिई सेट, मास्क, सेनिटाईजर, थर्मगन, ग्लोब्स सहितको स्वास्थ्य सामाग्री सहित बिहीबार कैलाली देखि डोटीको दिपायल पुगेको छ ।
No description available.
दिपायल पुगेको सो टिमले शुक्रबार बिहान शिखर नगरपालिका र दिउँसो केआई सिंह गाउँपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिपलमिटर,१ थान थर्मलगन २ थान नेबुलाईजर र २ सेट पिपिई नगर प्रमुखहरुलाई हस्तान्तरण गरेको हो । सामाग्री ग्रहण गर्दै दुवै पालिकाका नगर प्रमुखहरुले साईन नेपाल प्रती आभार प्रकट गर्दै अगामी दिनमा पनि पालिकाहरुसंग समन्वय गरि अझै सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै शनिबार पुर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, नेबुलाईजर, पिपिई सेट, मास्क, सेनिटाईजर, थर्मलगन, ग्लोब्स सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने कार्यक्रम तय गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।
No description available.

ताजा समाचार