कैलाली र कञ्चनपुरमा विशेष प्रकारको जहाज बाट “लाइडार सर्भे”सुरू

कञ्चनपुर
कैलाली र कञ्चनपुर जिल्लामा नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गरेको छ । सरकारी तहबाट पहिलोपटक यस्तो सर्भे गर्न लागिएको हो । पृथ्वीको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्बिरमा उतार्ने काम लाइडर सर्भेबाट गरिने बताइएको छ । विज्ञका अनुसार पृथ्वीको सतह कहाँ अग्लो, कहाँ होचो छ भन्ने मापन गर्ने अत्याधुनिक विधिलाई लाइडर सर्भे भनिन्छ ।
त्यो जहाजमा क्यामरा जडान गरिएको हुन्छ । त्यसले पृथ्वीको सतहको स्क्यान गर्छ । त्यो विशेष प्रकारको जहाज हो । जहाज सञ्चालनका लागि केही विदेशी सहित नेपाली विज्ञ टोली पनि त्यसमा संलग्न रहेका छन । सुरुको चरणमा २० हजार वर्गकिलोमिटरको सर्भे गर्न लागिएको छ । चितवनदेखि कञ्चनपुरसम्मका तराईका सबै तथा पहाडका धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पाको चुरे रेन्जसम्मको क्षेत्र समेटिने नापी विभागले जानकारी दिएको छ ।

ताजा समाचार

This will close in 10 seconds