जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्माण सामग्री ढुवानीमा सहजीकरण ग¥यो

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्माण सामग्री ढुवानीमा सहजीकरण गरेको छ । कोभिड –१९का कारण संक्रमण ह्वातै बढे पछि बैशाख १६ गते बाट पुर्ण निषेधाज्ञा जारी गरेको थियो । हाल आएर कोभिड –१९को संक्रमण कम हुदैं गएको कारण निर्माण सामाग्री ढुवानी गर्न हरेक दिन विहान ६ बजे देखि दिउसो १२ बजे सम्म सामाग्री ढुवानी गर्न पाइने भएको छ तर निर्माण सामग्री ढुवानी गर्ने साधनले कामदार तथा यात्रुहरु ओसार पसार गर्न पाउने छैनन् भने उनीहरुले जनस्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पुर्ण पालना गर्नु पर्नेछ ।

उक्त निर्णय २०७८ जेष्ठ १७ गते प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको उपस्थितीमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट जिल्लामा सञ्चालित निर्माण सम्बन्धी आयोजनाको लागि निर्माण सामग्री ढुवानीमा सहजीकरण गर्ने निर्णय भएको हो ।

ताजा समाचार

This will close in 10 seconds