उद्योग पर्यटन क्षेत्रको विकास संगै रोजगारीका अवसरहरु सृजना गरिने नवनियुक्त मन्त्री धामी

धिरेन्द्र धामी /कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले सुदुरपश्चिम प्रदेशमा धार्मीक र पर्यापर्यटन क्षेत्रको मुल गन्तव्य बन्न सक्ने भन्दै यसको एकिकृत विकासको योजना बनाएर अगाडी बढने बताउनुभएको छ । कोरोना संक्रमणका बिचबाट जादाखेरी योजनाअनुरुप अगाडी बढाृन नसकिएको भन्दै आगामी बर्षमा पर्यटनका बिबिध पक्षहरु केलाएर पर्यटन प्रबद्र्धन गरिने बताउनुभएको छ । आन्तरिक पर्यटक, भारतीय र चिनीया पर्यटक संगै तेस्रो मुलुकका पर्यटकहरुलाइ आकर्षण गर्न बिशेष प्याकेज ल्याइने उहाको भनाइ रहेको छ ।

सुदुरपश्चिममा जलबिद्युत संगै कृषि क्षेत्रका बिभिन्न उद्योगहरु स्थापना गर्ने सम्भावना रहेका कारण निजी क्षेत्रलाइ पनि प्रोत्साहित गर्दै उद्योग स्थापना गरेर आर्थिक गतिबिधि चलायमान बनाउने उहाको भनाइ रहेको छ । सुदूरपश्चिममा आजको दिनमा पनि धेरै जना भारतमा काम गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस प्रदेशका बासिन्दाहरुदलाइ कामको खोजीमा भारत धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै प्रदेश भित्रै रोजगारीका अवसरहरु सृजना गरिने बताउनुभएको छ ।

ताजा समाचार

This will close in 10 seconds