विप्लव निकट युवा संगठनद्वारा भित्तेलेखन

कञ्चनपुर : नेकपा विप्लव निकट युवा संगठनले कञ्चनपुरमा भित्ते लेखन शुरु गरेको छ । युवाका साझा सवाल उठान गर्दै युवा संगठनले भित्ते लेखन शुरु गरेको हो । युवा संगठन नेपाल कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले भीमदत्त नगरपालिका ८तिलाचौरबाट भित्ते लेखन शुरु गरेर जिल्लाभरी गरिने बताए ।

बेरोजगार युवाहरुलाई ५० प्रतिशत ब्याजदरमा सहुलियत ऋण होईन, स्वदेशमै रोजगारीको ग्यारेण्टी सहितका विषयबस्तु उठान गरिएका छन । युवा संगठन कञ्चनपुरका अध्यक्ष बिरेन्द्र जोशीले भौतिक दुरी कायम गर्दै सचेतनामुलक भित्तेलेखन कार्यक्रम अघि बढेको बताएका छन ।

ताजा समाचार

This will close in 10 seconds