सुदूरपश्चिमको मनकामना युवा क्लबका पदाधिकारीद्धारा रक्तदान

कैलाली ,

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको विषम परिस्थितिमा पनि खेलकुद बिकास देखि सामाजिक क्षेत्रमा अग्रसर नमुना रुपि मनकामना युवा क्लबका पदाधिकारी द्धारा धनगढीमा रक्तदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा खुला सिमानाका कारण भारतबाट आउने नेपाली नागरिक दिनप्रतिदिन आउने क्रम नरोकिदा उचित जोखिममा रहिको कोभिड-१९ जस्तो महामारीलाई मध्यनजर गर्दै यस क्षेत्रमा रगत अभावको समस्यालाई महसुसका साथै मध्यनजर गर्दै सुरक्षित मातृत्व सञ्जाल महासंघले जेष्ठ १ गते देखि (बिहान ८ देखि १० बजे सम्म) सुरु गरेको एक महिने ‘सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत् आज बाहौ दिनमा मनकामना युवा क्लब धनगढी -१२ ले पनि सहभागिता जनाएको क्लबका अध्यक्ष डबल बहादुर थापाले जानकारी दिएका छन।

उनका अनुसार जसमा आज बुधबारका दिम रक्तदान गर्ने हुने यस क्लबका प्रतिनिधि सम्पूर्ण रक्तदाता लगायत आयोजक टिम लाई हार्दिक धन्यवाद समेत दिएका छन। मानव जीवनकालका लागि आवश्यक रगतको अभाव नहोस् कसैलाई भन्दै यसरी आगामी दिनमा समेत सम्पुर्ण रक्तदाताहरुलाई पनि यस कार्यक्रममा सहभागी हुनका लागि समेत हार्दिक अनुरोध गरेका छन् । सुदूरपश्चिम प्रदेशको एउटा नमुनारुपी क्लबका रुपमा रहेको मनकामना युवा क्लब खेलकुद क्षेत्रमा मात्र नभई निरन्तर सामाजिक कार्यमा पनि अग्रसर रहदै आइरहेको क्लब  हो।

 

ताजा समाचार

This will close in 10 seconds