बेतकाेट बृद्धाश्रममा कुटिए बृद्ध

बृद्धाश्रममा रहेका दल बहादुर नामका ६०-६५ बर्षिय पुरुष लाई अाश्रम सहयाेगि बहादुर बिष्टले कुटपिट गरेकाे भनेकाे भिडियाे जारि भएपछि । यश सम्बन्धमा खाेजबिन प्रयास गरेका छउ । कंचनपुरमा बृद्भाश्रम काे अभाव खडकिएकाे समयमा तत्कालिन सुडा गाबिसका केही अगुवाहरु मिलेर बि स ०५८ सालतिर बाट काम सुरु गरि ०६५ सालबाट मानिस राखेर सेवा गर्दे अाइरहेकाे छ । अाश्रम लाई बेतकाेट नगरपालिका ,विभिन्न मनकारि दानिहरु, जन्मदिन , श्राध्य अादि बाट चलेकाे छ ।
एकजना सहयाेगि बहादुर बिष्ट ले सुरुवात देखि नै पकाउने ,खुवाउने , सरसफाइ गरिदिने काम गरिरहेका छन । हाम्राे साेधपुछमा बहादुर बिष्टले कुटपिट नभएकाे मानसिक अवस्था समेत कमजाेर रहेका बृद्धले कहिले अरु बृद्धकाे लागि लाठि समेत समात्ने गरेकाे राति दिउसाे बाहिर हिड्ने कहिले चन्द जि काे अाश्रममा जाने कहिले नेपालगन्ज पनि पुगेकाे यसैगरि बाहिर गएकाे अवस्थामा स्थानिय मानिसले फर्काएर यहाँ ल्याउदा मैले यसरी हिड्दा समस्या हुने भनेकाे हाे कुनै कुटपिट हुदैन मेडिकल गरि हेर्नुहाेस यहाँ अाएर हेर्न सक्नुहुन्छ, अहिले यिनै बा काे सरसफाइ गर्दै छु भने ।

यसैगरि अाश्रम समिति उपाध्यक्ष माेहन चन्दले हामिले पनि बाहिर बाट जाेसुकै लाई भित्र अाउन नदिनु भनेका हुन्छाै कसैले राजनितिक रुपमा याे बिषय उठाएकाे हुन सक्छ कुटपिट हुने कल्पना पनि गर्न सकिँदैन र केही बर्षबाट अध्यक्ष माननीय लाल बहादुर खडका काे ब्यस्ताले साधारणसभा हुन नसकेकाे र अार्थिक ब्यावस्थापन गर्न सहज हाेस भनेर पनि वडा नम्बर ७ र ८ भनेर लेखिएकाे स्विकार गरेका छन । यश सम्बन्धमा माननीय खडका संग कुरा गर्न खाेज्दा ब्यस्त भएकाे र पछि कुरा गर्ने भन्नू भयाे ।
बेतकाेट नगरपालिका वडा न ७ का निर्वाचित वडा सदस्य वीर बहादुर धामिले बृद्ध मानिस कुटेर पठायाे भनी बाटाेमा महिला हरुले रुन देखे पछि मैले समातेर अटाेमा बृद्धाश्रम पुर्याए त्यहा मैले सहयाेगि बहादुर बिष्ट जि लाई यस्ताे लकडाउनमा कहाँ पठाउनुभयाे कहाँ जान्छन भन्दा उनले फटाहा बुडाे भनेर एक थप्पड हानेका हुन । याे कति वडामा पर्छ भन्ने बिषयमा साेध्दा ८ नम्बर वडामै पर्ने हाे ७ नम्बरकाे सिमा सम्म पर्ने बताएका छन । भिडियाे जारि गर्ने पक्ष समेतका स्थानिय संग सम्पर्क गर्दा उनिहरुले पदकाे दुरुपयाेग गरेर अलग अलग निर्वाचन क्षेत्रमा पर्ने भुगाेल एकैमा ठाउमा राखेकाे , धेरै बर्षदेखि साधारणसभा नगरेकाे यस्ताे अवस्थामा यस्काे अाय ब्यय कसरि थाहा हुन्छ प्रश्न गरे , साधारण सभामा स्थानियहरुलाइ यसबारे कुनै जानकारि नहुने गरेकाे स्थानिय पुष्कर भट्टकाे अाराेप छ ।

ताजा समाचार

This will close in 10 seconds