डोटीका सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग

डोटी– कोरोना भाईरसको बढ्दो लहरको बेवास्ता गर्दै आफ्नो पेशा प्रती बफादार हुँदै फ्रन्ट लाईनमा खटिएका डाेटिका सुरक्षाकर्मी र संचारकर्मीहरुलाई दुई महान मनकारी व्यक्तिले व्यक्तिगत खर्चबाट मास्क तथा सेनिटाइजर वितरण गरेका छन् । आइतबार सायल गाउँपालिका-२,पयतोलाका गोपाल भुल र दिपायल स्थित होटेल शैलावतीका सञ्चालक तेजबहादुर डुम्रेलको संयुक्त सहयोगमा डोटी जिल्ला भरका विभिन्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटसंगै सञ्चार गृहहरुमा मास्क तथा सेनिटाईजर वितरण गरेका हुन् ।
महामारीमा खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीहरुका लागि थप उत्साह प्रदान गर्न आफुहरूले करिब साढे २४ हजार बराबरको स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजर खरिद गरि वितरण गरेको समाजसेवी तेज डुम्रेलले जानकारी दिए । पयताेला घर भएका भुल हाल भारतमा शैलावति टुर एण्ड ट्रावलका सञ्चालक पनि हुन् । भुल र डुम्रेल दुवै जना सामाजिक अभियन्नता बनेर विगत देखि नै देश संकटको मारमा रहेका बेला डोटी जिल्लामा दर्जनौं सहयोगका कार्यक्रम गर्दै आएका थिए ।

ताजा समाचार

This will close in 10 seconds