जीवन बीमा परिवारकाे लागि ब्याकअप

         अन्धकार शब्द आफैमा एक डर लाग्दाे शब्द हाे। तर यथार्थमा अन्धकार नभई राेशनिकाे उदय हुदैन अर्थात अन्धकारकाे सामना गर्न उज्यालो चाहिन्छ ।उज्यालो खाेज्नु पर्दछ अथवा भनाै ब्याकअप राख्नु पर्दछ। चाहे त्याे रातिकाे समयमा घरमा बिजुलि नहुदा हाेस वा हामी मान्छेकाे जीवनमा आईपर्ने समस्या वा अन्धकार नै किन नहाेस। यी र यस्तै अन्धकार बाट मुक्ति  पाउनका लागि तपाईं हामीलाई राेशनि ( उज्यालो )काे आवश्यकता पर्दछ वा भनाै ब्याकअप चाहिन्छ ।घरमा भएको अध्यारो हटाउनका लागि हामिले विभिन्न प्रकारकाे बैकल्पिक ब्यवस्था गरेका हुन्छाै वा भनाै ब्याकअप तयार राखेका हुन्छाै। फलस्वरूप  घरमा अध्यारो हुने बित्तिकै ब्याकअपकाे सहायताले उज्यालो बनाउदछाै।
            एवम् प्रकारले हामी मान्छे लाई पनि बेला बखतमा आफ्नाे जीवनकालमा यी र यस्तै प्रकारका अन्धकारकाे सामना गर्नु परिरहेकाे हुन्छ। चाहे त्याे २०७२ सालकाे प्राकृतिक बिपद भुकम्पका बेला हाेस या बिगत एक बर्ष देखि बिश्वब्यापी रुपमा फैलिएको काेभिड १९ महामारीले निम्त्याएको घटना नै किन नहाेस।यी र यस्ता घटना दुर्घटनाले हाम्रो घरपरिवारमा निम्त्याउने अन्धकार लाई कसरी सामना गर्ने , यसकाे ब्याकअप कस्ताे प्रकारले तयार राख्नु पर्दछ भन्ने बिषयमा तपाईं हामिले त्यति चासाे दिएको जस्ताे देखिदैन ।हामिले धेरैजसोलेभन्ने गरेकाे सुन्ने गर्दछाै जस्ताे पर्ला त्यस्तै टर्ला । तर वास्तविक रुपमा यी शब्द सुन्दा जति छाेटा र सहज जस्ता लाग्दछन   आफू र आफ्नाे परिवार माथि समस्या परिसके पछिकाे भाेगाई भने त्यति सहज हुदैन । यस्ता थुप्रै घटनाहरूको तपाईं साक्षि बनी सक्नु भएको छ।
                    तपाईं भनेकाे आफ्नाे परिवारका लागि सबै थाेक हाे। तपाईं तपाईंको घरकाे राेशनि हाे, कमाउने मान्छे हाे , खानलाउन दिने मान्छे हाे।परिवारका सबै आवश्यकता पूरा गर्ने मान्छे नै तपाईं हाे एक छिनका लागि साेच्नुस त ! मान्छेकाे जन्म जसरि निश्चित छ त्यसरि नै जन्मे पछि मृत्यु पनि निश्चित नै छ तर जन्मने समयका बारेमा सबैलाई थाहा हुन्छ भने मृत्यु कहिले कहाँ कसरी हुन्छ कसैलाई थाहा छैन। यहि मृत्युको कारणले घरपरिवारमा छाउने अन्धकारमय अवस्था  बाट परिवारलाई कसरी सहज अवस्थामा ल्याउने भनी यदि तपाईं साेच्नु हुन्छ भने त्यसकाे एउटा मात्रै सहज उपाय हाे जीवन बीमा गरि राख्नु पर्ने। केवल जीवन बीमा । यदि तपाईंले आफ्नाे जीवन बीमा गर्नु भएको छ र तपाईंलाई तपाईंको परिवारले भाैतिक रुपमा गुमाउन पुगे पनि तपाईंले गरेको जीवन बीमाका कारणले उहाहरुले जीवन बीमा बाट प्राप्त गर्ने रकमले घरपरिवारकाे आर्थिक अवस्था लाई माथि उकास्ने देखि लिएर तपाईंको उपस्थितिमा जसरि परिवारकाे पालन पाेषण र बालबालिकाकाे शिक्षा दीक्षा भैरहेकाे थियाे तपाईं नरहदा पनि बीमाका कारणले तपाईंले देख्नु भएको सपना,  बालबालिकाकाे पढ्ने लेख्ने सपनालाई तुहिन दिदैन। हाे भाैतिक रुपमा तपाईंको परिवारलाई तपाईंको कमि रहन्छ तर तपाईंले गरेकाे जीवन बीमाले गर्दा उहाँको सपना पूरा हुने गर्दछन।
           बिकसित देशहरुमा त बच्चा जन्मने बित्तिकै उसकाे भविष्यका लागि भनेर जीवन बीमा गर्ने गरिन्छ । जीवन बीमा गर्नुकाे फाईदाका बारेमा बुझ्नुपर्दा जीवन बीमा एक अनिवार्य बचत याेजना हाे जुन तपाईं ( बीमा गर्ने ब्यक्ति ) र कम्पनी काे बीचमा सम्झाैता बनेकाे हुन्छ। तपाईंको उमेर , तपाईं ले लिन चाहेकाे थप सुबिधाहरु, तपाईले चाहेकाे समयसम्म र तपाईंले छनाैट गर्नु भएको बीमाकाे प्रकृतिको आधारमा तपाईंको अनिवार्य बचतकाे रकम कम्पनीको एप मार्फत ताेकिने गर्दछ । यसले गर्दा एकातिर हाम्राे फजुल खर्च गर्ने बानिमा पनि परिवर्तन आउदछ भने अर्काे तिर परिवारका लागि र आफ्ना भबिष्यकाे लागि भनेर बचत पनि भैरहेको हुन्छ। हुनत यहाँ कुराे बचतकाे गर्दै गर्दा पैसालाई त  हामी बैंक खातामा पनि बचत गर्न सक्छाै नि त भनेर भनिन्छ । हाे बैकमा पनि बचत हुने गर्दछ बैकले हाम्रो बचत भएको रकमकाे ब्याज पनि दिने गर्दछ। तर बैकले हामिलाई जाेखिम बहन सुबिधा चाहिँ दिदैन। तर बीमा कम्पनीले  हाम्राे बचत रकमकाे ब्याज पनि दिन्छ र हामी र हाम्रो परिवार माथि आईपर्ने विभिन्न खालका जाेखिम जस्तै बिमितकाे दुर्घटना बाट मृत्यु हुदा बिमाङ्क र बिमाङ्क बराबरको थप रकम सहित बचत रकम बाेनस सहित फिर्ता दिने, कालगति बाट हुने मृत्युमा बिमाङ्क रकम र बचत रकम बाेनस सहित दिने, मान्छेका लागि मृत्युु मात्रै जाेखिम हाेईन विभिन्न कारणले मान्छे अंगभंग अपांग अशक्त हुन सक्दछ यस्ताे अवस्थामा बीमा कम्पनीले बिमाङ्क रकम तत्कालै उपलब्ध गर्ने र बाकि समयकाे अनिवार्य बचत रकम बीमा कम्पनिले नै ब्यहाेर्ने , साथै विभिन्न प्रकारका घातक राेगहरुकाे उपचारका लागि रकम उपलब्ध गर्ने सम्मका सुबिधाहरु कम्पनी ले उपलब्ध गराउने गर्दछन।
                     नेपालमा हाल सम्म १९ वटा जीवन बीमा कम्पनिले बजारमा प्रतिस्पर्धा गरिरहेका छन। सबै कम्पनिका आ आफ्ना किसिमका बिमा याेजनाहरु रहेका छन । बीमा गर्दा हामिले हचुवाका भरमा बीमा गर्नु हुदैन । कम्पनिकाे पृष्ठभूमिका बारेमा राम्रोसंग बुझ्ने, कति पुरानाे हाे , कस्ताे सेवासुबिधा प्रवाह गरेकाे छ, कम्पनीको बाेनस दर कति छ, कम्पनिले भुक्तानिमा कति समय लगाउछ। भबिस्यमा हामिले पाउने सेवा सुबिधा के के हुन कति हुन यी तमाम कुराकाे जानकारी पश्चात् बीमा गर्नु भएको खण्डमा तपाईं सधैं बीमा कम्पनी प्रति सकारात्मक र सबैलाई बीमा गर्नु भन्ने सुझाव दिने ब्यक्ति बन्न सक्नु हुनेछ।
         झन अहिलेकाे काेभिड १९ काे बिश्वब्यापी माहामारिकाे कारणले त जीवन बीमाकाे आवश्यकता अझै बढि महसुस गराएकाे छ। याे महामारिकाे सिकार काे कति बेला हुन्छ कसैलाई थाहा छैन। तपाईं हाम्रो आँखा अगाडि नै तपाईंका प्रिय ब्यक्तिहरु पत्याउनै नसकिने हिसाबले तपाईंले गुमाई राख्नु भएको छ । याे तिताे सत्य हाे।यसरी परिवारले आफ्नाे सबै थाेक भन्ने बस्तुलाई गुमाउदा के अब पहिले जस्तै सहज रुपले उहाहरुकाे आर्थिक हैसित स्थिर रहन सक्ला त? हाे यसकाे एउटामात्र उपाय हाे उहाले गर्नु भएको जीवन बीमाका कारणले उहाहरुकाे घरपरिवारकाे आर्थिक हैसियत पुरानै रुपमा स्थिर रहने छ।
           संक्षेपमा भन्नू पर्दा भबिष्यका लागि बचत र जाेखिम सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको छ। जीवन बीमा गराै।ढुक्क रहाै।
( लेखक- राजेन्द्र बहादुर चन्द नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी चेयरपर्सन क्लबमा आबद्ध ब्यक्ति हुन)

ताजा समाचार

This will close in 10 seconds