कोरोना महामारी प्रभाव ः विदेशमा अढाई लाख कमाउने बेलडाँडीका युवा बम गाँउमै कृषि व्यवसायमा

कञ्चनपुर

कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ झिलमिला बस्तीका युवा दान बहादुर बम वैदेशिक रोजगारीमा कार्यरत थिए । स्वदेशमा रोजगारी नपाएपछि मातृभूमि छाडेर उनी विगत चार बर्षदेखि मकाउ एक कम्पनीमा सुरक्षागार्डमा कार्यरत थिए । मासिक अढाई लाख कमाउँदै आएका बमले गत बर्ष विश्वभरी फैलिएको कोरोना महामारीका कारण रोजगारी गुमाए । गत फागुनमा घर विदामा आएका बम विदा सकिए लगत्तै कोरोना नियन्त्रणका लागि नेपाल सहित विभिन्न देशले लकडाउन ग¥यो । कोरोना रोकथामका लागि हरेक मुलुकले गरेको लकडाउनका कारण अन्र्तराष्ट्रिय हवाई मार्ग बन्द हुँदा उनी पुन रोजगारीमा जान सकेनन् ।

घरमै रहेका बमले आफ्नै देशमा केही न केही गर्छु भनेर पशुपन्छी तथा कृषि व्यवसायमा जुटे । उनले जेके पशुपन्छी तथा कृषि फर्म दत्र्ता गरेर गाँउमै व्यवसायमा शुरु गरे तर, फेरी बैशाखदेखि दोस्रो लहरमा देखिएको कोरोना महामारीले उनको व्यवसाय धरापमा परेको छ । एकातिर मासिक अढाईलाख अर्कातिर ठूलो लगानी गरेर व्यवसाय चौपट हुने खतरा छ । लोकल, स्थानीय, बोईलर, बाखा्र कृषि व्यवसाय गरेका बम यतिबेला चिन्तित भएका छन । अहिले कुखुरा, अण्डा, बाख्रा पालेका बमले निकट भविष्यमै गाई भैसी पालन गरेर दुध समेत उत्पादनको योजना अघि सारेका बेला कोरोना महामारीले छोपेपछि उनको योजना प्रभावित भएको छ । विदेशमा लाखौँ कमाईबाट बञ्चित अर्कातिर बैकबाट ऋण निकालेर लगानी गरेको व्यवसाय धरापमा पर्ने चिन्ता छ । दोस्रो लहरमा देखिएको कोरोना भाईरसका कारण गत बैशाख १६देखि कञ्चनपुर जिल्ला सहित देशका विभिन्न जिल्लामा लकडाउन गरिएको छ ।

लकडाउनका कारण पशुपन्छी, कुखुराका लागि चारा ढुवानीदेखि कुखुरा बाख्रा सप्लार्यसका लागि समस्या भएको छ । हुनत सरकार सहित केही गैर सरकारी संस्थाले यसरी विदेशमा कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुका लागि विभिन्न अनुदान लगायतका सेवा सुविधा ल्याएपनि ग्रामिण भेगका इमान्दारितापुर्वक कृषि व्यवसायमा जुटेका युवालाई समेत उक्त कार्यक्रमले छोएको छैन । ‘हामी युवाले स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशमा कमाएको सबै पैशा केही ऋण निकालेर फर्ममा लगाएको छु, ‘युवा उद्यमी दान बहादुर बमले भने, ‘यस बर्ष समेत कोरोनाका कारण व्यवसाय संकट गरेको छ ।’ आफ्नै देशमा केही उद्यम गरेर स्वरोजगार केही रोजगारी दिने योजना बनाएपछि कोडिभले बर्बाद बनाएको उनको अनुभव छ । ‘उद्यम गर्छु भनेर घरको पुरै जमिन फर्ममा लगाएको छु, ‘उनले भने, ‘एकातिर जमिनको कृषि उत्पादन ह्रास अर्कातिर लकडाउनले व्यवसाय चौपट गर्ने खतरा छ ।’ पशुपालन पनि खाद्य भित्र पर्ने भएकाले सरकारले लकडाउनका लागि समाग्री सहज आपूर्ति र उत्पादन भएका बस्तु सप्लार्यसमा सहजिकरणमा जोडदिए । व्यवस्थापन विषयमा स्नातक अध्ययन गरेका युवा उद्यमी बमले नेपालमा कृषि व्यवसायलाई आधुनिकरण गर्ने युवाको सोच सपना कोडिभले चकनाचुर पार्ने चिन्ता व्यक्त गरेका छन । स्थानीय तहका जनप्रतिनिधीले युवा उद्यमी बमको कामको मुल्याङ्गकनमा जोडदिएका छन । उनको व्यवसायमा घरपरिवार सहित केही कर्मचारीले सघाईरहेका छन ।

बेलडाँडी गाँउपालिका १ का वडा सदस्य एव लेखा समिति संयोजक शंकर दत्त भट्टले कोरोना प्रभावित भएर स्वदेशमै उद्यमी गरिरहेका युवा व्यवसायी बमले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा जोडदिए । ‘उहाँले आफ्नै देशमा केही गर्छु भनेर ठूलो परिमाणमा कृषि व्यवसायमा जुटेका छन, ‘उनले भने, ‘यस्ता उद्यमीलार्इृ गाँउपालिका सहितका सरकारी निकायबाट अनुदान एव राहत दिनुपर्छ ।’ उनले वडाका तर्फबाट युवा उद्यमी बमको व्यवसाय प्रर्बद्धनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘यसरी सबै युवाले स्वदेशमै ठूला कृषि उद्यम व्यवसाय संचालन गरेर रोजगारी प्रर्बद्धनमा योगदान पु¥याउँनुपर्छ, ‘बेलडाँडी गाँउपालिका लेखा समिति संयोजक भट्टले भने, ‘कृषिमा प्रर्याप्त सम्भावना छ, स्वदेशमै केही न केही गर्नुपर्छ, यस्ता उद्यमीलाई राज्यले हेर्नुपर्छ ।’ युवा उद्यमी बमले गाँउघरमै ठूलो कृषि व्यवसाय संचालन गरेसंगै सहकर्मी समेत हर्षित भएका छन । उनको व्यवसाय कृषि पर्यटनमा परिणत भएकोछ ।

ताजा समाचार

This will close in 10 seconds