महामारीका बेला भू–माफिया गिरोह सकृय

सुकुमबासीका नाममा वनको जमिन अतिक्रमण गराउँदै

कञ्चनपुर ,

कोरोना महामारीले मानिसलाई कसरी बाँच्ने चिन्ताले पिरोलिरहेका छ । तर, कञ्चनपुरमा भू माफिया गिरोह भने सकृय भएका छन ।
महामारीको मौकाछोपी भू माफिया गिरोहले कञ्चनपुर कृष्णपुर नगरपालिका क्षेत्रको सरकारी वनमा अतिक्रमण गरिरहेका छन । सुकुमबासीको नाममा भू माफिया गिरोहले स्थानीय उस्काएर जमिन अतिक्रमण गर्न लगाउनेदेखि घर टहरा बनाउन उत्प्रेरित गरिरहेका छन । कृष्णपुर नगरपालिका क्षेत्रमा सामुदायिक वन, सरकारी सार्वजनिक जमिन अतिक्रमण गराएर बस्ती विस्तार गरिरहेका छन ।

कञ्चनपुर सहित सिङ्गो मुलुकको सुरक्षा निकाय, प्रशासन सरकारी निकाय कोरोना रोकथाम एव नियन्त्रणमा जुटेका बेला भू माफिया अतिक्रमणकारीले अहिले जमिन कब्जा गरे पछि लालपुर्जा पाईने प्रलोभन देखाएर जमिन अतिक्रमण गराउन लागेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले महामारीका मौका छोपी जमिन अतिक्रमण गरि बसेका र बस्न खोजेका स्थानीयलाई वन क्षेत्रबाट हटाईएको बताए । ‘सिङ्गो जनता कोरोना महामारीले आक्र्रान्त छन, ‘उनले भने, ‘भू माफिया गिरोहले अनावश्यक जनता उस्काएर जमिन अतिक्रमण गराउन लागेका छन ।’ उनका अनुसार वनको टोली सहित सशस्त्र प्रहरी, प्रहरी र समुदायिक वनका पदाधिकारीले अतिक्रमणकारीलाई हटाएको बताए । प्रवक्ता अवस्थीका लागि एक सय अतिक्रमणकारी र बनाएका १५÷२०घरटहरा भत्काएको बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले महामारीका बेला विभिन्न सुकुमबासी भूमिहिनका नामबाट वन सहित सरकारी जमिन अतिक्रमण कार्य निरुत्साहित पारिरहेको बताए । ‘मुलुक संकटमा परेका बेला सुकुमबासीको नाममा भईरहेको भूमि अतिक्रमण निन्दनिय काम हो, ‘उनले भने, ‘वास्तविक सुकुमबासी भए त सरकारले उनीहरुको लगत संकलन गरिरहेकै छ ।’ डिभिजन वन कार्यालय कञ्चनपुरले महामारीका बेला हुनसक्ने अतिक्रमणm गतिबिधी सहित चोरी तस्करी एव शिकारी जस्ता गैर कानुनी गतिबिधी नियन्त्रणका लागि नियमित गस्ती गरिरहेको जनाएको छ । वनले गैर कानुनी काम नगर्न र नगराउन समेत सचेत गराएको छ ।

ताजा समाचार

This will close in 10 seconds