बेलौरी नगरपालिकामा “सँगसँगै अभियान” द्वारा हेल्प डेस्क सञ्चालनसंगै स्वास्थ्य सामाग्री हस्तान्तरण

बेलौरी

“सँगसँगै अभियान” का अभियान्ताहरुले कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्तर्गत बेलौरी नगरपालिका परिसरमा हेल्प डेस्क सञ्चालनसंगै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । महिला नेतृ लक्ष्मी श्रेष्ठले स्वैच्छिक तवरबाट सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएसडब्लयुए) को सहकार्यमा सो हेल्प डेस्क सञ्चालन गरेका हुन् । “कोभिडको समयमा कोभिड संक्रमित तथा दीर्घरोगी र भईपरी आउने स्वास्थ्य समस्याबाट कसै नागरिकले पनि सास्ती झेल्न नपरोस् भन्ने उद्धेश्यले नागरिक सहायता कक्ष ( हेल्प डेस्क )सुरु गरेकोअभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन। सञ्चालन गरिएको नागरिक सहायक कक्षमा भिटामीन सी, सिटामोल, निम्स, जिंक चक्की, भिटामीन डी लगायत औषधी, मास्क, स्यानिटाईजर, ग्लोभ्स, अक्सिमिटर, थर्मगन जस्ता स्वास्थ्य सामाग्री राखिएको संयोजक श्रेष्ठले जानकारी दिईन ।

No description available.

त्यस्तै सोही अभियानकि अर्की अभियान्ता अनुपमा महताराले यस अभियान मार्फत हटलाईन नम्बरमा आएका स्वास्थ्य समस्याको समाधान खोज्नमा सहयोग गर्ने, कोभिड संक्रमित व्यक्तिको अवस्था हेरि नगरपालिका स्वास्थ्य शाखासँग समन्वयन गरी आवश्यक सल्लाह दिने, संक्रमित व्यक्तिलाई पोषण युक्त खानेकुराको व्यवस्था गर्ने, दीर्घकालीन रोगी तथा सम्पर्कमा आएका बिरामीहरुबाट डाक्टरको प्रेस्किप्सन र नगरपालिकाको सहमतिमा घरदैलौमा औषधी पुर्याउन मद्दत गर्दै सम्पुर्ण सहयोगको प्रतिवेदन तथा अभिलेख समेत राख्ने बताईन । यस अभियानको मुख्य उद्देश्य अक्सिजनको जोहो गर्न राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने रहेको यसै अभियानका अभियान्ता हिमेश थापाले बताए । हेल्प डेस्क बेलौरीमा मात्रै सञ्चालन नगरी पुर्नवास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा पनि छिट्टै सञ्चालन गर्ने योजना बनाएको अभियान्ता रुपेश वि.कले बताए ।

No description available.

एनएसडब्लयुए का बेलौरी शाखा प्रतिनिधि मीरा श्रेष्ठले कोभिड व्यवस्थापनमा सामाजिक उतरदायित्वलाई वहन गर्दै मानवीय सहायता अन्तर्गत सो अभियानसंग सहकार्य गरेको बताईन। बेलौरीमा सञ्चालन गरिएको हेल्प डेस्कका लागि आज सँगसँगै अभियानले एन्टिजेन किट ७५ पिस, भिटिएम १०० पिस, पी.पी.ई सेट १ थान, स्यानिटाईजर ५ लि., ह्यानड स्यानिटाईजर १०० पिस (१२० मि.लि.), मास्क २५ पिस, सर्जिकल मास्क ३०० पिस, एक्जामिनेसन ग्लोभ्स १०० पिस, युटिलिटि ग्लोभ्स १० पिस, अक्सिमिटर १ पिस, डिजिटल थर्मामिटर १ पिस, सिटामोल ५०० ट्याब्लेट, भिटामीन सी ३०० पिस र निम्स २०० ट्याब्लेट सहयोग गरेको छ । भने एनएसडब्लयुए ले अटोमेटिक ह्यान्ड स्यानिटाईजर मेसिन १० सेट र स्यानिटाईजर १० सेट (५ लि.) सहयोग गरेको छ । सहयोग र सहकार्यका लागि नगरपालिका नगरप्रमुख पोतीलाल चौधरीले एनएसडब्लयुए र सँगसँगै अभियानलाई धन्यवाद दिदै सबैले यसरी नै सहकार्य गरी अगाडि बढ्न सकेको खण्डमा पालिकाको कोभिड व्यवस्थापन अझ सुगठित ढंगले जान सक्ने बताए । प्राविधिक व्यवस्थापनका कारण हटलाईन नम्बर उपलब्ध नहुन्जेलका लागि अभियानले सार्वजनिक गरेको मोबाईल नम्बर ९८६३६४६२५७ मा कोभिडका कारण स्वास्थ्य समस्या परेका जो कोहिले पनि सम्पर्क राख्न सक्ने संयोजक श्रेष्ठले जानकारी दिईन।हालसम्म यश अभियानबाट बेलौरी नगरपालिकालाई ६ वटा, पुर्नवास नगरपालिकालाई ८ वटा र ईर्मजेन्सी अवस्थामा रहेको ३ जना कोभिड संक्रमित बिरामीलाई ३ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको जनाईएको छ ।

No description available.

 

ताजा समाचार

This will close in 10 seconds