मानवबस्तीमा आश्रय लिन पुगेको मृगको बनकर्मी र सुरक्षाकर्मीद्वारा उद्धार

पुनर्वास

कंचनपुरको पुनर्वासमा जंगलबाट मानवबस्तीमा पसेको एक मृगलाई उद्धार गरिएको छ । सोमबार बिहान पुनर्वास नगरपालिका-१ ढक्कामा स्थानीयहरुले नियन्त्रणमा लिएको मृगको बनकर्मी र सुरक्षाकर्मीको सहायताले उद्धार गरिएको
हो ।

नियन्त्रणमा रहेको सो मृग कुण्डा सब डिभिजन बन कार्यालय पचकडिया र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले बेलौरी नगरपालिका -६ स्थित सिहपाल सामुदायिक वन क्षेत्रमा छाडिएको कुण्डाका सहायक बन अधिकृत दिनेश यादवले जानकारी दिए । बन अधिकृत यादवका अनुसार जंगलमा मानिसहरुको कम आवतजावतका कारण शान्त वातावरण , पानीको मुहानको अभाव र बनडढेलो जस्ता कारणले जंगली जनावरहरु मानव बस्तीमा पुग्ने गरेको बताए ।

केही समययता पुनर्वासका विभिन्न स्थानमा जंगली जनावरहरु देखिन थालेको हुँदा उनीहरु माथी आक्रमण नगरी सुरक्षीत साथ नियन्त्रणमा लिई प्रहरी तथा बनमा खबर गरि असल नागरिकको परिचय दिन बन अधिकृत यादवले अनुरोध गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds