कोरोनाको चेन तोड्न लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा अनुगमन


पूनर्वास

कोरोना महामारीको चेन तोड्नका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको निषेधाज्ञा तथा लकडाउन प्रभावकारी बनाउन स्थानीय तह समेत सकृय भईरहेको बुझिन्छ । पूनर्वास नगरपालिका ९ नम्बरले सीमा क्षेत्रमा लकडाउन प्रभावकारी बनाउन अनुगमन जारी राखेको छ ।

वडाध्यक्ष नारायण जैसीकै नेतृत्वमा सुरक्षाकर्मी सहित वडा समितिका पदाधिकारीले स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा रहेका पसल तथा अनावश्यक सडकमा हिडडुल गर्नेहरुलाई सम्झाई बुझाई गर्दै सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । पूनर्वास नगरपालिका ९का वडाध्यक्ष नारायण जैसीले महामारीबाट बाँच्नका लागि वडाले सीमाक्षेत्रदेखि बस्तीसम्म सचेतनामुलक कार्यक्रम एव लकडाउन प्रभावकारी बनाउने अभियानमा जुटेको बताए ।

‘हामी सीमाबासी अत्यन्तै जोखिममा छौँ, ‘उनले भने, ‘त्यसैले समयमै सचेतनामुलक कार्यक्रममा जुटेका हौँ ।’ मास्क, सेनिटाईजर वितरणदेखि सम्झाई बुझाई सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको बताए । अभियानबाट नागरिक समेत सचेत हुने वडाध्यक्ष जैसीको दावि छ ।


Loading Viewer...

ताजा समाचार

spot_img