युवाद्वारा सीमा क्षेत्र गड्डाचौकीमा सरसफाई


 कञ्चनपुर

कञ्चनपुरका दुई युवाले नेपाल प्रवेसद्वार सीमा क्षेत्र गडाचौकीमा सरसफाई गरेका छन । कोरोना महामारीका बेला भारतबाट फर्किएका नेपाली नागरिकलाई खाना खुवाउनेदेखि अस्पतालको सैयामा अक्सिजन नपाएर छटपटाईरहेका संक्रमित बिरामीको ज्यान सुरक्षाका लागि अक्सिजन आपूर्ति गर्दै आएका महेन्द्रनगरका युवा समाजसेवि खगेन्द्र जोशी सहित अर्का समाजसेवि विद्यार्थी नेता रमेश ठगुन्नाले सरसफाई गरेका हुन ।

भारतबाट फर्किएका नागरिकले पानी सहितका खानेकुरा खाएका समाग्रीको सरसफाई गरेका हुन । ‘सीमा क्षेत्रमा फोहोरको ढङगोल थियो, ‘समाजसेवि युवा खगेन्द्र जोशीले भने, ‘फोहोरबाट थप संक्रमण रोक्न सरसफाई गरेका हौँ ।’ महामारीका बेला युवाको अभियान सरानिय भन्दै नागरिक स्तरबाट प्रसंसा गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img