बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी /बैतडी

सुदूरपश्चिम प्रदेशका तराई लगायत पहाडी जिल्लाका अधिकांश भागमा निकै वर्षा हुँदा आज बुधबार साझ परेको असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी असिना पानीहुँदा कृषकले लगाएको तरकारी र फलफुल सखाप भएको छ।

साझको समयमा करिब आधा घण्टा लगातार असिना परेर बर्खे आलु, टमाटर भेडेखोर्सानी तरकारी र आँप सखाप भएको स्थानिय गणेश जोशीले बताउनु भएको छ।

“एकातिर लकडाउनले तर्कारी आयात हुन्न आफ्नै बारिको फलफुल तरकारिले खानलाई त पुग्ला सोचेको डाल(असिना) आएर लग्यो जोशीले दुखेसो पोख्दै भने सबै खाले बिपत संगै आउदो रहेछ। ” लामो समय देखि गर्मी संगै सुख्खा भए पनि पछिल्लो दिनहरुमा लगातार पानी पर्ने भएको छ।

ताजा समाचार