काठ दाउरा माथिकाे प्रतिबन्ध फुकुवा

कञ्चनपुर

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल जेठ १५ गतेको निर्णयले नेपाल भरका सम्पूर्ण वन क्षेत्रमा काठ दाउरा संकलन माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। विहिवार मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। उक्त निर्णयको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले स्वागत गरेको छ। वनका अध्यक्ष बहादुर सिँह महराले एक विज्ञप्ती जारी गर्दै उक्त निर्णणको स्वागत तथा बधाई ज्ञापन गरेका छन्।

नेपाली जनताको दैनिक जीवनयापनसँग अभिन्न रुपले जोडिएको वन क्षेत्रमा गरिने क्रियाकलापहरु वन संरक्षण, सम्बद्र्धन, विकास र सुदपयोग अन्तर्गतको महत्वपूर्ण पक्ष काठ दाउरा संकलन सम्बन्धि वन क्षेत्रमा आश्रित लाखौँ उपभोक्ताहरुको जायद मागलाई सम्बोधन गरी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वन तथा वातावरण मन्त्रालयको तर्फबाट जिम्मेवार अभिभावको अभिभारा पूरा गरी नेपाल भरको वन क्षेत्रमा काठ, दाउरा संकलन माथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएकोमा प्रधानमन्त्री, वनमन्त्री प्रेम आले र कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य नरबहादुर धामी लगायत प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पु¥याउने सरोकारलाई निकायहरुमा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको तर्फबाट बधाई ज्ञापन गरेको छ।

ताजा समाचार

This will close in 10 seconds