कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मा रहेको महिला सानाकिसान सहकारी संस्था लिमिटेड झलारीले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेको छ । कोरोना भयाभह भईरहेको अवस्थामा सरकारले महाकाली अस्पतालमा अक्सिजन, सिलिण्डर, जनशक्ति अभावका कारण नागरिक धमाधम ज्यान गुमाईरहेका खबर बाहिर संगै सहकारीले कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको हो ।

महिला सानाकिसान सहकारीका संचालक समिति अध्यक्ष धनेश्वरी भट्ट महामारीका बेला समाजिक उत्तरदायित्व अन्र्तरगत सहकारीले सक्दो आर्थिक सहयोग गरेको बताए । सहकारीका अध्यक्ष भट्ट सहित पदाधिकारीको उपस्थितिमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई ५५ हजारको चेक हस्तान्तरण गरिएको हो । सहकारीका पदाधिकारीले कोरोना महामारी रोकथामका लागि दिएको रकम सहि सदुपयोगमा जोडदिएका छन ।







