ह्युमानिटी फाउण्डेसन नेपालले अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

महेन्द्रनगर 

महाकाली प्रादेशिक अस्पतालमा ४१ थन अक्सिजन सिलिन्डर सहयोग गरिएको छ । ह्युमानिटी फाउण्डेसन नेपालले अस्पताललाई मंगलवार बिहान अक्सिजनका ४१ थान सिलिण्डर हस्तान्तरण गरेको हो । ह्युमानिटी फाउण्डेसन नेपालले पहिलो चरणमा सरकारी अस्पताललाई निशुल्क अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत आज महाकाली अस्पताललाई ४१ थान सिलिण्डर उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी बोक्सरले ई-सुदूर दर्पण डट कम लाई बताउनु भएको छ।

No description available.

महामारी संगै संक्रमण दिनप्रतिदिन बढ्दै गए पछि अक्सिजनको अभावमा संक्रमितहरु छटपटाएर मृत्यु हुन थालेपछि संक्रमितहरुको उपचार गराईरहेका अस्पताललाई ह्युमानिटी फाउण्डेसनले अक्सिजन उपलब्ध गराएकोमा उनले धन्यवाद समेत दिनु भो। ह्युमानिटी फाउण्डेसनले सोमवार सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० थान र डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको थियो । यो संगै महाकाली अस्पताल लाई पछिल्लो समयमा स्थानीय तह संघसंस्था बाट सहयोग भने आइरहेको छ।

No description available.

ताजा समाचार