क्याम्पस प्रमुख डा. साउदको उप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो

डा. साउँद बोकेको एम्बुलेन्स कञ्चनपुर ,
कोरोना संक्रमित भई थला परेका महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा. राज कुमार साउदलाई थप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगिएको छ । गत साता कोरोना संक्रमित भई होम आईसोलेशनमा रहेका डा. साउदको थप उपचारका लागि सोमबार बिहान हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो । डा. साउदसंगै उनकी धर्मपत्नी, छोराछोरी समेत संक्रमित भएका थिए । कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा अक्सिजन नपाएर नागरिक धमाधम स्वर्गबास भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds