आरक्षपीडितद्वारा सरकारले गठन गरेको आयोगको स्वागत

कञ्चनपुर

पूर्नस्थापनाको माग अघि सारेर आन्दोलनरत कञ्चनपुरका आरक्षपीडितले सरकारले गठन गरेको आयोगको स्वागत गरेका छन । मंगलबार आरक्षपीडितले कृष्णपुर नगरपालिका २ वाणिमा आयोजना गरेको कार्यक्रममा आफुहरुको मागप्रति वर्तमान सरकार, जनताका जनप्रतिनिधी संसद नर बहादुर धामीको पहलमा गठन गरिएको आयोगको स्वागत गरेका हुन पीडितले आयोगको स्वागतका साथै दिगो समस्या समाधान गर्न जोडदिएको आरक्षपीडितका अभियन्ता सिरोमणी कुमार ओझा(सुर्य)ले बताए ।

उनका अनुसार पीडितले सरकारले नेकपा एमाले युवा नेता सुरेन्द्र बमको संयोजकत्वमा गठन गरेको आयोगले पीडितकै हितमा काम गर्नु आग्रह गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ओझाले जनताको हितमा आयोगले कामगर्नुपर्ने सुझाव दिए । बिशिष्ठ अतिथि समेत रहेका विश्व हिन्दु युवा संघ सुप प्रदेशका अध्यक्ष सम्राट सिहले सरकारले आयोग गरे अनुरुप अधिकार सहित काम गर्नुपर्नेमा जोडदिए । ३०औँ आरक्षपीडित आयोगका अध्यक्ष सुरेन्द्र बहादुर बमले पीडितको हक अधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds