अमृत डिस्टिलरीको लिम्पिया हुस्की मदिरा बजारमा


कञ्चनपुर

कञ्चनपुरको अमृत डिस्टिलरी प्रालिले लिम्पिया हुस्की बजारमा आएको छ । बेलौरी नगरपालिका ९ शिवनगर स्थित रहेको मदिरा उद्योगले हालै लिम्पिया हुस्की नामक मदिरा बजारमा ल्याएको हो । अमृत डिस्टिलरी प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिमेस कुमार मिश्रले उच्चस्तरिय मदिरा उत्पादन गरेको बताए । उनका अनुसार आईसल्याण्ड्बाट स्कोच अर्थात स्प्रीट ल्याएर उच्च कोटीको मदिरा उत्पादन गरिएको बताए । हाल कम्पनीले ७५० एमल र १८० एमलको परिमाणमा मदिरा प्याकिङ्ग गरेको छ ।

No description available.

‘यसका सुपत मुल्य तर, बढि सन्तृष्टी छ, ‘कार्यकारी अधिकृत मिश्रले भने, ‘आम उपभोक्ताको चाहना अनुरुप बजारमा ल्याएका छौँ ।’ हुस्की फ्लेभरमा सिफ्ट ब्राण्डको आईकोनिक भोडका ह्विस्की फ्लेभरमा लिम्पिया डिटरजेन्ट प्राकृतिक आउडलाई उत्कृष्ठ रहेको उनको दावि छ । अमृत डिस्टिलरी प्रालिका प्रबन्ध निर्देशन पिताम्बर जोशीले नेपालको ऐतिहासिक लिम्पिया नामलाई पहिचान गराउनका लागि समेत अमृत डिस्टिलरीले उक्त ब्राण्ड नयाँ बर्षका अवसरमा बजारमा ल्याएको बताए ।

उपभोक्ताको चाहना अनुरुप कम्पनीले नयाँ ब्राण्डको स्तरिय ब्राण्ड बजारमा ल्याएको प्रबन्ध निर्देशक जोशीले बताए । ‘हाम्रो चाहना पैशा कमाउने मात्र होईन, ओझेलमा परेको ठाँउको पहिचान गराउने पनि हो, ‘प्रबन्धक जोशीले भने, ‘आफ्नो ठाँउको पहिचान गराउन खोजेका छौँ ।’ अमृतले यस अघि विभिन्न ८/१० ब्राण्डका आधुनिक मदिरा बजारमा ल्याईसकेको बताउदै उनले लिम्पियारालाई विदेशी बजारमा समेत लैजाने बताए । अमृतले लिम्पिया ब्राण्ड बजारमा ल्याईसकेपछि नेपालको ऐतिहासिक ठाँउको प्रचारप्रसार हुने हरेक नेपालीलाई आफ्नो ठाँउको अपनत्व हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img