विभिन्न पार्टी परित्याग गर्दै सयौँ नेता कार्यकर्ता माओवादीमा प्रवेस

पूनर्वास

नेकपा माओवादी केन्द्र लालझाडी गाँउपालिका र पूनर्वास नगरपालिका गाँउ तथा नगर कमिटिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन । माओवादी केन्द्र कञ्चनपुरको विस्तारित बैठकबाट सबै पालिकामा गर्ने प्रशिक्षण तथा विस्तारिक बैठक कार्यक्रम अनुरुप जिल्लाको पूर्नवास नगरपालिका र लालझाडी गाँउपालिकामा सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला सदस्य युवा नेता दिपक तिम्लिसिनाले जिल्ला पार्टीको निर्णय अनुरुप दुवै पालिकामा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए ।

No description available.

उनका अनुसा।र पूनर्वासका धेखेराना र लालझाडीमा जयराम महरको अध्यक्षतामा भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा माअोवादी केन्द्रका केन्दीय सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगर, जिल्ला इन्चार्ज देविलाल चौधरी सहितका नेताहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा माओवादी नेताहरुले जनताले ल्याएको संविधान कुल्चिने कुचेष्टा एव प्रतिगमन बिरुद्धमा संघर्ष गर्नुूपर्ने बताउदै माओवादीले जनताको जनचाहना अनुरुप काम गर्नुपर्नेमा जोडदिए । लालझाडी गाँउपालिकामा शारदा राना नेतृत्वमा जसपा, काँग्रेस, एमाले, लगायतका विभिन्न पार्टी परित्याग गरेर माओवादीमा प्रवेस गरेका छन ।

माओवादी प्रवेस गर्नेहरुलाई माअोवादी नेतृ एव पुर्वखानेपानीमन्त्री बिना मगरले स्वागत गर्दै प्रतिगमन बिरुद्ध जनताको जनलहर माअोवादीमै रहेको बताईन । माओवादीकै कारण संविधान, संघीयता जस्ता महत्वपूर्ण उपलब्धी भएको बताउदै त्यसको रक्षाका लागि माओवादीले नै अग्रसरता देखाउनुपर्नेमा जोडदिईन । कार्यक्तममा लालझाडी र पूनर्वासका माओवादी नेताहरुले कम्यूनिष्ट आन्दोलन फुटाउने काम भएकोृ भन्दै एकतामा जोडदिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आफ्नै सहकर्मी माधव कुमार नेपाल बिरुद्ध ठूलो षड्यन्त्र गरेकाले सत्ता, शक्तिको लोभमा ओलीको पछी लाग्नु भन्दा घर फर्किन समेत सहकर्मीहरुसंग आग्रह गरेका छन । लङकामा सुन र आफ्नी जननी काली छ भन्दैमा आफ्नो घर बिर्सिनेलाई स्वयम ओलीले भविष्यमा विश्वास नगर्ने भएकाले आफ्नै घर फर्किएर जनताको सेवा गर्न आग्रह गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds