क्रान्तिकारी निरन्तर विद्यार्थी संगठन विस्तार अभियानमा


कञ्चनपुर

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका सामुदायिक विद्यालय तथा क्याम्पसमा संगठन विस्तारमा जुटेको छ । अखिल क्रान्तिकारीले शैक्षिक विकृती बिरुद्ध एव संगठन सुदृढिकरण एव विस्तारका लागि भन्दै गत चैत्रदेखि सामुदायिक विद्यलय तथा क्याम्पसमा संगठन विस्तार प्रशिक्षण अभियान शुरु गरेको थियो ।

No description available.

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले निङलाशैनी माविमा सुरेन्द्र एके नेतृत्वको २१ सदस्यीय, शान्ति निकेतन माविमा नविन देउवा नेतृत्वमा २३ सदस्यीय र भृकुटी माविमा अशोक विष्ट नेतृत्वमा २१ सदस्यीय विद्यालय इकाई कमिटि विस्तार गरिएको बताए ।

क्रान्तिकारीका केन्दीय सदस्य भीम भट्ट, जिल्ला अध्यक्ष बिरेन्द्र राज विष्ट, उपाध्यक्ष कैलाशचन्द्र गिरी, प्रेम रावल, सचिव किशोर भट्ट, सह सचिव तिलक माल, कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारीका नेताहरु भुवन विष्ट, डम्बर कुवर सहितका क्रान्तिकारी नेताहरु खटिएका छन । क्रान्तिकारीले शैक्षिक विकृती बिरुद्ध शसक्त भएर संघर्ष गर्ने चेतावनी दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img