माओवादी केन्द्रले पार्टी ब्यूँतिएसंगै कञ्चनपुरमा संगठन विस्तार अभियान संचालन गर्ने

कञ्चनपुर
नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । शुक्रबार माओवादी केन्द्र कञ्चनपुरको झलारीमा सम्पन्न भएको विस्तारित बैठकले सर्वोच्च आदालतले नेकपा माओवादी र एमालेलाई ब्यूताईदिएसंगै पार्टी संगठन विस्तार एव पुर्नजागृत गराउने भएको हो ।माओवादी कञ्चनपुरले यस अघि नै जिल्ला पार्टी कार्यालय स्थापना गरिसकेको थियो । बैठकले माओवादी नेता देवेन्द्र ढुङ्गानाको संयोजकत्वमा कार्यालय व्यवस्थापन टिमको जिम्मेबारी दिएको छ ।

कार्यालय सचिवमा आनन्द सिह धामी सदस्य तर्फ दिपक तिम्लिसिना, बिरेन्द्रराज विष्ट, कमल ऐर, दिपक भट्ट सहितका नेताहरुलाई जिम्मेबारी दिएको छ । शनिबारदेखि नै कञ्चनपुर जिल्लाभरीका सबै पालिका, वडाहरुमा संगठन विस्तार एव पूर्नजागृत गराउने भएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा जिल्ला सदस्य दिपक भट्टले यस अघि नै सबै वडा, पालिका, जिल्लामा विद्यमान पार्टीको संचरचना भएकाले पार्टी ब्यूतिएसंगै नेता कार्यकर्ता र पार्टीलाई पूर्नजागृत गराईने बताए । ०७५ जेठमा माओवादी र एमाले मिलेर नेकपा पार्टी बनेको त्यसलाई सर्वोच्चले २३ फागुनमा दुवै पार्टी पुन अलग अलग हैसियत एव पार्टी ब्यूताएपनि सत्ताको लोभले केही माओवादी नेताहरु ओलीतिर लागेर लोकतन्त्र मास्न उद्यत भएको टिप्पणी गरिएको छ ।

विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुप प्रदेश सहइन्चार्जद्वय खगराज भट्ट,लक्ष्मीराज जोशी, सचिव नृप बहादुर चौधरी, केन्दीय सदस्य बिना मगर, जिल्ला इन्चार्ज देविलाल चौधरी, माअ‍ोवादी नेता एव प्रदेश सभा सदस्य मान बहादुर सुनार लगायतका नेताहरुले प्रशिक्षण तथा शुभकामना मन्तव्य राख्दै लोकतन्त्र मासेर संविधान नै ध्वस्त बनाउने खेलबिरुद्ध माओवादीले संविधान रक्षाका लागि संघर्षमा जोडदिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी /बैतडी सुदूरपश्चिम प्रदेशका तराई लगायत पहाडी जिल्लाका अधिकांश भागमा निकै वर्षा हुँदा आज बुधबार साझ परेको असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी...

कञ्चनपुरमा निषेधज्ञा जेष्ठ ७ गते सम्म थप कायम

कञ्चनपुर कञ्चपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख ३१ गते सम्म तोकिएको निषेधाज्ञा (लकडाउन)को समयाअवधि थप गरि जेष्ठ ७ गते राती १२ बजे सम्मको लागि कायम गरिएको...

जनज्योति क्याम्पसद्वारा महाकालि अस्पताललाई एकलाख एकाउन्न हजार सहयोग प्रदान

कञ्चनपुर सुदूरपश्चिम प्रदेश कै अग्रणी शैक्षिक संस्था जनज्योति क्याम्पसले बढिरहेको कोरोनाको कहर र यस अवधिमा विरामीलाई अक्सिजनको अभाव कम गर्न तत्काल अक्सिजन पलान्ट निर्माण गरी...

फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

कञ्चनपुर सुदूरपश्चिमकै जेठो पत्रिका फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेकोछ । अक्सिजन अभावका कारण कोरोना महामारीका...

काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी एनएसएलको फाइनलमा प्रवेश

 कञ्चनपुर , काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो...