आरक्ष पिडित द्वारा चक्काजाम , पुर्नस्पनाकाे माग

 

कञ्चनपुर

आरक्ष पिडीत संघर्ष समितिले नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदान प्रदान तथा विरोध सभा गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरापालिका २ स्थित वाणीमा आज उक्त कार्यक्रम गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी जनवाहिनी नेपालका संयोजक शिरोमणी ओझाले आरक्ष पिडीतहरुलाई यथासक्य चाँडो जमिन प्रदान गरिनुपर्ने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञजबाट विस्थापित भएका आरक्ष पिडीतहरुलाई जग्गा उपलव्ध गराउने आश्वासन दिए पनि हालसम्म राज्यले यसतर्फ ध्यान नदिएको भन्दै ओझाले आक्रोस व्यक्त गरे । उनले भने,”शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा जग्गा उपलव्ध गराउने भन्दै आरक्ष पिडीतलाई विस्थापित गराइयो,तर यहाँसम्म आइपुदा पनि सरकार वेखवर रहेका छ,अब यसतर्फ सरकारको ध्यान जानुको विकल्प छैन” ।

No description available.

जनवाहिनी नेपालका संयोजक ओझाले २४ सय ७३ आरक्ष पिडीत परिवारको माग सम्वोधनका लागि पटक पटक आग्रह गरेपनि राज्यले वेवास्ता गरेको बताए । उनले भने,”आरक्ष पिडीतहरुको माग सम्वोधनका लागि धेरै आयोगहरु गठन भए,तर ठोस पहलकदमीमा आयोगहरु पुग्न सकेनन्” । कार्यक्रमको समापन गर्दै आरक्ष पिडीत संघर्ष समितिका अध्यक्ष रती सुनारले आरक्ष पिडितहरुको माग सम्वोधन नभए कडा संघर्षमा जाने बताए । कार्यक्रममा विश्व हिन्दु युवा सघ सुदूरपश्चिम प्रदेश संयोजक सम्राट सिंह बिशिस्ट अतिथि रहनुभएको थियो । यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशी,नेकपा विप्लव कञ्चनपुर इन्चार्ज जीवन,महिला संगठनकि अध्यक्ष कल्पना परियार,राजनीति दलका प्रतिनिधि अतिथी रहनुभएको थियो । आरक्ष पिडीत संघर्ष समितिले वनहरामा विरोध स्वरुप एक घण्टा चक्काजाम समेत गरेको थियो । माग पुरा नहुन्जेल क्रमश अान्दाेलनका कार्यक्रम गरिने संघर्ष समिति अध्यक्ष सुनारले बताएका छन ।

No description available.

ताजा समाचार

This will close in 10 seconds