कैलालीको गोदावरीमा हायस दुर्घटना, २० जना घाइते

कैलाली

कैलालीको गोदावरीमा हायस दुर्घटना भएको छ। बिहीबार अपह्रान्न डडेल्धुराबाट महेन्द्रनगरतर्फ गइरहेको बा३ख ७३७३ नम्बरको हायस गोदावरी नगरपालिका–४ बाजपानीमा दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परि २० जना यात्रु घाइते भएका छन्। उनीहरु सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। ब्रेक फेल भएर दुर्घटनाग्रस्त भएको हायस सडकको भित्तामा ठोक्किएको ट्राफिक कार्यालयले बताएको छ।

ताजा समाचार

This will close in 10 seconds