अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षाका विभिन्न मााग अघि सारेर ज्ञापन पत्र

कञ्चनपुर

विभिन्न माग अघि सारेर अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुर सहित देशभरीका शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार नेकपा विप्लव निकट अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुरको शिक्षा कार्यालय सहित देशभरी ज्ञापन पत्र बुझाएको हो ।

अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुरका अध्यक्ष ओम प्रकास जोशीले केन्दीय कार्यक्रम अनुरुप शिक्षा विकास तथा समन्वय इकाइृ केन्द्रमा ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार शिक्षा ऐन २०२८खारेजी, बालm विकास शिक्षकको तलब प्राथमिक शिक्षक सरह बनाउनुपर्ने, विद्यालय कर्मचारी राहत, शिक्षक अस्थायी शिक्षक, साविक उमावि शिक्षक, प्राविधिक शिक्षकलाई प्रकृया मिलाएर स्थायीमा गाभिनुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाईएको छ ।

यसका साथै शिक्षक अस्पताल बढुवा लगायतका शिक्षकको हक हितका विषय अघि सारेर ज्ञापन पत्र बुझाईएको अध्यक्ष जोशीले बताए ।

ताजा समाचार

This will close in 10 seconds