कञ्चनपुर प्रहरीले विभेद : पहुँचवाला तस्करका समान मात्रै बरामद निमुखा तस्करका सवारी साधन समेत बरामद

कञ्चनपुर
कञ्चनपुर प्रहरीले तस्करीमाथि फेरी समान दृष्ट्रिकोण कार्बाही होईन, विभेदपूर्ण व्यवहारलाई निरन्तर जारी राखेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करबाट घुस खाएर समान छाडेको निहुँमा विच गाँउबस्तीबाट तस्करमा समान बरामद गर्दै आएको कञ्चनपुर प्रहरीले गत बर्षको अन्तिम चैत्र ३० र ३१ को घटना फेरी कञ्चनपुर प्रहरी तस्करमाथि विभेदको नीतिमा रहेको देखिन्छ । ३०चैत्रमा भीमदत्त नगरपालिका १३पिपरैया झोलुङ्गे पुल क्षेत्रबाट ७८हजार बरामबरको समान बरामदमा कुनै सवारी साधन बरामद गरेको छैन । यस्तै सो भन्दा कम ६६ हजार बराबरको समान बरामदमा पूनर्वास नगरपालिका १ ढक्का गाँउबाट से२प९५१०नम्बरको मोटरसाईकल बरामद गरेको छ ।
दुवै ठाँउमा मानिस भगाएर समान बरामद गरेको प्रहरीले झोलुङ्गेमा भने ठूला र पहुँचवाला प्रहरीलाई लाईन दिने प्रतिबद्धता पछि उक्त तस्करको सवारी साधन बरामद नगरिएको प्रहरी स्रोतको दावि छ । कञ्चनपुर प्रहरी प्रमुख उमा प्रशाद चर्तुर्बेदीले सीमा क्षेत्रमा चौकी, ईप्रकामा तस्करबाट रकम संकलन गरेर जिल्ला बुझाउन घुमाउरो तरिकाले दवाव दिदै आएपछि प्रहरीले सीमा क्षेत्रबाट चोरी तस्करी भएर घर, पसल गाँउ पुगेका समान बरामद गर्दै आएको छ । तस्करबाट मोटो रकम कमाउन कञ्चनपुर प्रहरीले सीमा क्षेत्रबाट पछ्याउँदै विच गाँउबजारमा पुगेर समान बरामद गर्दै आएको छ । तस्करबाट पैशा लिने विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख र अधिकृतहरुविच विवाद समेत हुदै गएको छ । डिएसपी सहितका केही अधिकृतहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डदेखि प्रहरीको खास गुमेकाले तस्कर तह लगाउँ तर, पंैशा घुस नलिऔँ भनेपछि प्रहरी र अन्य प्रहरीविच मनमुटाव समेत बढ्दै गएको व्यवासायी भनिएका तस्करको भनाई छ ।
प्रहरीले सशस्त्र प्रहरीलाई घुस दिने हामीरुको भाग खै भनेर धमाधम तस्करलाई लाईनका लागि विभेदकारी नीति अघि सादै पहुँच, शक्तिशाली र पैशादिनेलाई छुट दिदै आएपछि कञ्चनपुरमा राजस्व छलिका घटना घट्नु भन्दा बढिरहेका छन । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति र प्रहरीको सकृयता बढेपनि दुवै तस्करबाट रकम अशुल्न तल्लिन भएकै कारण तस्करी नरोकिएको हो । तस्कर समातेको देखाउवटी गर्नें तर भित्री रुपमा तस्करबाट रकम अशुल्ने प्रवृति नरोकिएका कारण कञ्चनपुरमा तस्कर दिनप्रतिदिन मौलाउँदै गएका छन । फोकटमा ठूलो रकम कमाई हुने र उक्त अवैध रकम मध्ये केही अंश प्रहरीलाई दिनुपर्ने भएपनि तस्कर मौलाएका छन ।

ताजा समाचार

This will close in 10 seconds