दर्शनार्थीमाथि दुव्र्यवहार गरेको भन्दै सशस्त्र प्रहरी बिरुद्ध ब्रम्हदेबका व्यवसायी आन्दोलित

ब्रम्हदेब

भारत उत्तराखण्ड स्थित पुर्णगिरी मन्दिर र नेपालको सुप प्रदेश ब्रम्हदेबको सिद्धनाथ मन्दिरमा पूर्णागिरी मेला संचालन भएको छ । दुवै देशमा एक साथ मेला संचालन भएको हो । हरेक बर्ष फागु पूर्णामादेखि औसीसम्म पुर्णागिरी र सिद्धनाथ मन्दिरमा मेला लाग्दै आएको छ । गत बर्ष कोरोना कहरले मेला संचालन हुन नसेन् । यस बर्ष सुरक्षा सर्तकता अपनाएर मेला संचालन भएको छ । उत्तराखण्ड चम्वापत जिल्ला स्थित पुर्णागिरी मन्दिरको दर्शन गरेर नेपाल भीमदत्त नगरपालिका ९ ब्रम्हदेबको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको घुईचो लागेको हो । सीमा नाकामा शसस्त्र प्रहरीले दर्शनार्थीमाथि दुव्र्यवहार गरेको भन्दै ब्रम्हदेबका व्यवसायी आन्दोलित भएका हुन ।

सोमबार साँझ सशस्त्र प्रहरी ब्रम्हदेबका बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक निरक शाहीले नेपालको सिद्धनाथ मन्दिर आउने भारतीय दर्शनार्थीमाथि सीमा क्षेत्रमा दुव्र्यवहार गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन । उनीहरुले सशस्त्र प्रहरी निरीक्षक शाही बिरुद्ध बजारमा नारबाजीका साथै नेपाल प्रहरीको चौकी घेराउ गरेका थिए । केही दिन अघि पनि सशस्त्र प्रहरीले आफुखुसी माथिको आदेश भन्दै नाका बन्द गराउनेदेखि व्यवसायी धम्क्याउन थालेपछि ब्रम्हदेबका व्यवसायी सशस्त्र प्रहरीप्रति रुष्ट हुँदै गएका थिए । सशस्त्र प्रहरीले सीमा सुरक्षा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि भन्दा पनि दर्शनार्थीमाथी दुव्र्यवहार गरेपछि आन्दोलनमा उत्रिएको व्यवसायीले बताए ।

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बीर ब. खडकाले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गलत भूमिका निर्वाह गरेको टिप्पणी गरेका छन । ‘मनमा जे लाग्यो, त्यही गर्दछन, ‘उनले भने, ‘अस्थीपनि यस्तै गरेको थियो ।’ प्रहरीलाई नाकामा रोक्न र खुला गर्न आदेश नआउने सशस्त्र प्रहरीलाई मात्रै कस्तो आउने भन्दै उनले प्रशन गरे ? सीमा सुरक्षा एव तस्करी नियन्त्रण गर्नुको साटो दर्शनार्थीकमाथि सशस्त्र प्रहरीकै इन्चार्जले गर्ने दुव्र्यवहार निन्दनिय भएको बताए ।

सशस्त्र प्रहरीले भने दुव्र्यवहार नभए स्वास्थ्यकर्मी नभएको अवस्थामा कोरोना रोकथामका लागि सीमामा आवजाउ रोकिएको जनाएको छ । ब्रम्हदेब बजार व्यवस्थापन समितिका अध्यक्ष मोहन देव पन्तले सीमा क्षेत्रमा हेल्थ डेस्क राख्नका लागि सशस्त्र प्रहरीले मन्दिर र बजार समितिलाई दवाव दिईरहेको बताए । ‘कोरोना महामारी बजार र मन्दिर समितिले व्यवस्थापन गर्न सक्छ ?, ‘अध्यक्ष पन्तले प्रशन गरे, ‘गत बर्षदेखि बजार ठप्प भएर व्यवसायी मारमा परेका छन ।’ सशस्त्र प्रहरी इन्चार्जको केटाकेटी पाराका कारण सीमा क्षेत्रमा विवाद आईरहेको बताए ।

सशस्त्र प्रहरी इन्चार्जको भूमिका संस्कापद भएको भन्दै व्यवसायीले इन्चार्ज परिर्वतनको माग अघि सारेका छन । अझैपनि व्यवसायीमाथि दुव्र्यवहार गरे आन्दोलनको चेतावनी दिदै आएका छन । तस्करसंग मिलोमतो गरेर तस्करी गराउन हुने, दर्शनार्थीमाथि कोरोना ल्याएको भन्दै रोक्न नहुने तर्क राख्दै व्यवसायीले सीमा क्षेत्रमा आफैबाट विवाद वितण्डा मच्चाउने सशस्त्र प्रहरीमाथि कार्बाहीको माग अघि सारेका छन । भीमदत्त नगरपालिका ९का वडाध्यक्ष स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेरै मात्रै प्रवेस गर्नुपर्ने बताए । कोरोना महामारी रोक्नका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्यकर्मी सबैको सुझाव अनुरुप अघि बढ्नुपर्नेमा उनले जोडदिए ।

ताजा समाचार

This will close in 10 seconds