नेपाल निवृत्त शिक्षक समाजको अध्यक्षमा पूर्व शिक्षक भट्ट चयन

कञ्चनपुर
नेपाल निवृत्त शिक्षक समाज कंचनपुरको अध्यक्षमा पूर्व शिक्षक नारायणदत्त भट्ट चयन हुनु भएको छ । सोमवार निवृत्त शिक्षक समाजको प्रथम भेला तथा अधिवेशनबाट कञ्चनपुरमा भट्टको अध्यक्षतामा १९ सदस्यीय कार्यसमीति चयन गरिएको हो । समाज को उपाध्यक्षमा प्रेम वहादुर पाण्डेय,महिला उपाध्यक्षमा मधु वोहरा, सचिवमा लिलामणी पाण्डेय, सहसचिवमा चन्द्रा भण्डारी, कोषाध्यक्षमा मान वहादुर क्षेत्री र सह–सचिवमा मिना सेठी निर्विरोध चयन हुनु भएको छ ।

यस्तै, कार्यसमीति सदस्यमा परशुराम पन्त, जयसिंह धामी, हर्क सिंह कुँवर, गौरीदत्त भट्ट, कासिदत्त भट्ट,जनकराज जोशी, नर वहादुर विष्ट, धर्मानन्द जोशी, पदम वहादुर थापा र दीर्घ वहादुर शाह चयन हुनुभएको समाजका अध्यक्ष नारायणदत्त भट्टले जानकारी दिनुभएको छ । अध्यक्ष भट्टले नेपाल निवृत्त शिक्षक समाजमा सेवा निवृत्त शिक्षकहरु संगठित भएको वताउनुभयो । उहाँले सम्पूर्ण सेवा निवृत्त शिक्षकहरुको हकहितका लागि आवाज बुलन्द्ध गर्नुका साथै समाजका हरेक शैक्षिक गतिविधिहरुमा साथ सहयोग गर्ने संस्थाको मुख्य ध्येय रहेको बताउनुभएको छ ।

सचिव लालमणि पाण्डेयले आफ्नो अधिकारको लागि राज्यलाई दवाव दिन र न्याय भएको खण्डमा विरोध जनाउन संगठीत भईएको वताउँदै आफूहरुको संगठन कुनै राजनैतिक तथा धार्मिक पक्षधरतामा नलाग्ने स्पष्ट पार्नु भएको छ । उहाँले संगठित सदस्यहरुलाई सेवा निवृत्त पछि पनि सक्रिय जीवन व्यतित गर्ने वातावरण निर्माण गर्दै समाजिक सेवा लाग्ने उद्देश्य लिएको बताउनुभयो ।

ताजा समाचार

This will close in 10 seconds