जनज्योतीको बिसीए तेस्रो ब्याचका विद्यार्थीलाई अभिमुखिकरण

  • 299
    Shares

महेन्द्रनगर 

कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याक्पसको बिसीए तेस्रो ब्याचका विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार क्याम्पसले तेस्रो ब्याचका नव प्रवेशी विद्यार्थीलाई अभिमुखिकरण गरिएको सहायक क्याम्पस प्रमुख उमेश भण्डारीले बताए । उनको अनुसार विद्यार्थीलाई बिसिए पाठ्क्रम तथा विषयवस्तु र क्याम्पसको बारेमा जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

No description available.

कार्यक्रममा बिसीए कार्यक्रम संयोजक बाबुराम रावतले क्याम्पसको पठनपाठन र व्यवस्थापनबारे जानकारी गराएको थिए । भने उप–प्राध्यापक राजेश भण्डारीले मोटिभेसनल व्यवक्त राखेका थिए । साथै अभिमुखिकरण कार्यक्रममा त्रिवि डीन कार्यालयका बिसिए विज्ञ भोजराज जोशी प्रमुख वक्ताका रुपमा रहेका थिए । उनले बिसिएको स्कोप र वर्तमान अवस्थाका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

त्यस्तै कार्यक्रमका सभापती समेत रहेका क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले पछिल्लो समयमा सुचना, प्रविधिको प्रयोग बढ्दै गईरहेकाले विद्यार्थीको आर्कषण बढेको बताए । साथै उनले विद्यार्थीलाई चौतर्फी व्यतित्व विकासमा लाग्न समेत जोड दिए । क्याम्पसले लामो समयदेखि उच्च गुणस्तरीय शिक्षामा जोड दिदैैँ आएको छ । कार्यक्रमको प्रमुख अतिथी क्याम्पसका प्रबन्धक सञ्चालक खेमलाल घिमीरे रहेका थिए भने कार्यक्रममा पुर्व क्याम्पस प्रमुख धर्मेन्द्र गिरी, उप–प्राध्यापक यज्ञराज उपाध्याय, पुनित ऐर, सुरेन्द्र राज जोशी, अर्जुन नाथ लगायत विद्यार्थी र संकाय सदस्यकोउपस्थिती रहेको थियो ।

  • 299
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी /बैतडी सुदूरपश्चिम प्रदेशका तराई लगायत पहाडी जिल्लाका अधिकांश भागमा निकै वर्षा हुँदा आज बुधबार साझ परेको असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी...

कञ्चनपुरमा निषेधज्ञा जेष्ठ ७ गते सम्म थप कायम

कञ्चनपुर कञ्चपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख ३१ गते सम्म तोकिएको निषेधाज्ञा (लकडाउन)को समयाअवधि थप गरि जेष्ठ ७ गते राती १२ बजे सम्मको लागि कायम गरिएको...

जनज्योति क्याम्पसद्वारा महाकालि अस्पताललाई एकलाख एकाउन्न हजार सहयोग प्रदान

कञ्चनपुर सुदूरपश्चिम प्रदेश कै अग्रणी शैक्षिक संस्था जनज्योति क्याम्पसले बढिरहेको कोरोनाको कहर र यस अवधिमा विरामीलाई अक्सिजनको अभाव कम गर्न तत्काल अक्सिजन पलान्ट निर्माण गरी...

फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

कञ्चनपुर सुदूरपश्चिमकै जेठो पत्रिका फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेकोछ । अक्सिजन अभावका कारण कोरोना महामारीका...

काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी एनएसएलको फाइनलमा प्रवेश

 कञ्चनपुर , काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो...