कालबन्दै महाकाली

अस्पताल मेसु श्रेष्ठ मोटो कमिसनमा लिप्त भएपछि अस्पताल उजाड, कोरोनाका बिरामीका लागि ज्यानमारा हटस्पट

कञ्चनपुर

गत बर्ष कोरोना रोकथाम एव उपचारका लागि उत्कृष्ठ काम गरेको महाकाली अस्पताल यस बर्ष भने कोरोनाका बिरामीका लागि काल बन्दै गएको छ । कोरोना रोकथाम एव नियन्त्रण भईरहेको र पूर्ण नियन्त्रण नभएको अवस्थामा कोरोना समान्य लक्षण भएका बिरामी महाकाली अस्पतालमा उपचारका लागि गईरहेका छन । तर, कोरोनाका बिरामीका लागि अस्पतालले सौतेली व्यवहार मात्रै होईन, दुस्मनको जस्तो व्यवहार गरेर कालको खाडलमा जबरजस्ती पु¥याईएको छ । भीमदत्त नगरपालिका १५ निम्खुबेडाका स्थानीय ४८ बर्षिया दल बहादुर चन्द भारतको गुजरातबाट फर्किएका थिए । वैदेशिक रोजगारीका लागि भारतमा रहेका चन्द २२ चैत्र अर्थात आईतबार महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

No description available.

भारतबाट दुई दिन अघि मात्रै ग्डडाचौकी नाका भएर घर पुगेका चन्दलाई श्वाँस प्रश्वासको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको उनका भतिजा जनक चन्दले बताए । ‘काकालाई श्वाँस प्रश्वासको समस्या देखियो, मैले नै दिउँसो १२ बजेतिर एम्बुलेन्स लगेर अस्पताल पु¥याएको हुुँ, चेकजाँच गरियो, ‘उनले भने, ‘आईसोलेशन जस्तो भनिएको हालमा हुलियो ।’ चारदिनसम्म बिरामी काकाले अस्पतालमा चिकित्सक एव स्वास्थ्यकर्मीलाइृ आफुमा देखिएको स्वास्थ्य समस्या बारे पटक पटक अनुरोध अनुनय गर्दा पनि केही वास्ता नगरिएको घर परिवारसंग बताएका थिए । ‘अस्पतालमा आफुमाथि परेको समस्या बारे काकाले स्वास्थ्यकर्मीसंग अनुरोध गरेको विषय घर परिवारसग भनेका थिए, ‘हामीले पनि अस्पतालमा ताकेता गरे, ‘तर केही वास्ता गरिएन, न त हामीलाई यहाँ निको हुँदैन, अन्त लैजानुहोस पनि भनिएन, त्यही राख्दा पनि उचित हेरचाह उपचार गरिएन ।’ महाकाली अस्पतालमा एक करोड खर्च गरेर निर्माण गरेको आईसोलेशन भवनमा हिरासत भन्दा बढि ज्यादती हुने भएकाले बिरामीले उपचार नपाएर मृत्युबरण गरेको मृतक परिवारको दुखेसो छ । मृतक चन्द परिवारले आफन्तको मृत्युको कारण खोज्दा त्यसको जवाफ समेत पाएको छैन ।

No description available.

अस्पताल प्रशासनका प्रमुख निमित्त मेसु डा. हरि कुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले गैर जिम्मेबारीपन देखाए । ‘हामीले काकाको मृत्यु बारे के कति कारण, लार्पर्बाही किन भयो, तपाईहरु कोरोनाका नाममा करोडौँ खर्च गर्दा पनि जनताले ज्यान गुमाउनुपर्ने कारण हो ? भन्ने जवाफ माग्दा समेत अध्यक्ष जोशीले मोवाईल स्वीचअफ गरेर फरारका फरारहने, निमित्त मेसु श्रेष्ठले टालटुले जवाफ दिदै उपचार गरेको भने,तर उनले भने अनुरुप उपचार पाएको भए किन मृत्युबरण भयो ?’ महाकाली अस्पताल केही सुधार भईरहेका बेला निमित्त मेसु श्रेष्ठले औषधी खरिददेखि अस्पतालमा निर्माण हुने भौतिक संरचना निर्माण, समान्य सटर भाडामा लिने, खाजाघर टेण्डरदेखि निम्नस्तरका कर्मचारी भर्नामा मोटो रकम कमिसन घुस लिन लिप्त भएपछि अस्पतालमा आउने बिरामी कालको मुखमा पुगेका छन । मेसुले यतिमात्र नभई एउटा सरकारी अस्पतालको प्रमुखको जिम्मेबारी निर्वाह गर्दापनि महेन्द्रनगरका केही निजी मेडिकलमा बसेर अवैध गर्भपत्तन देखि रकमका लागि जे पनि गर्ने उद्यत भएपछि अस्पताल सुधारको साटो सत्यानास तर्फ गईरहेको छ । जो कोही पनि बिरामी अस्पतालमा मर्नका लागि जाँदैन, उपचार गरेर निको हुनकै लागि हो, तर महाकाली अस्पताल पछिल्ला दिनमा डुवाउन मेसु सकृय भएका छन । उनको कमिसनखानेदेखि गैर कानुनी कालोधन्दा देखेर सहकर्मी अस्पतालका कर्मचारी हैरान भएका छन ।

No description available.

मेसुको धन्दादेखेर अस्पताल सुधारका लागि पहकर्ता, नागरिक समाज समेत असन्तृष्ट देखिएका छन । महाकाली अस्पतालका डा. मनिस कुमार पाण्डेयले मृतक बिरामीलाई श्वाँस प्रश्वासको समस्या रहेको बताउदै हेरचाह गरेको दावि गरेका छन । मृतक परिवार र प्रशासनविच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बाहिर भएकाले पछि छलफल गर्ने सहमतीमा बुधबार नै शवको सतगद गरिएको छ । हिन्दुपरम्परा अनुसार सेनाले सलामी सहित घर परिवारको उपस्थितिमा अन्त्येष्टी गरिएको छ । पीडित परिवारले मृत्युको कारण, लार्पबाही गर्ने नेतृत्वमाथि कार्बाही र घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन । मृतक चन्दका तिन सन्तान छन । अकालमै ज्यान गुमाएपछि उनको परिवारम सन्नटा छाएिको छ ।

ताजा समाचार

This will close in 10 seconds