महेन्द्रनगर मिडिया नेटवर्क प्रालिको आयोजनामा एक हप्ते आधारभुत पत्रकारिता तालिम सम्पन्न

दोधरा
महेन्द्रनगर मिडिया नेटवर्क प्रालिको आयोजनामा दोधारा चाँदनीमा एक हप्ते आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र महेन्द्रनगर मिडिया नेटवर्क प्रालिको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा एक हप्ते नगर स्तरिय आधारभुत पत्रकारिता सम्पन्न भएको महेन्द्रनगर मिडिया नेटवर्क प्रालिका अध्यक्ष तथा आभाषकुञ्ज नेपाली दैनिकका प्रधान सम्पादक मनोज भट्टले जानकारी दिएका छन् । मंगलबार एक कार्यक्रमको बिच एक हप्ते आधारभुत पत्रकारिताको समापन गरिएको छ् । दोधारा चाूदनी नगरपालिकाका युवा युवतीहरुलाई लक्षित गरेर सञ्चारको पहुचबाट नजिक ल्याउन र सूचना सञ्चारका बारेमा जानकारी गराउने उद्देश्य अनुरुप एक हप्ते आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरिएको महेन्द्रनगर मिडिया नेटवर्क प्रालिका अध्यक्ष तथा आभाषकुञ्ज नेपाली दैनिकमा प्रधान सम्पादक मनोज भट्टले बताएका छन् ।

तालिममा बिकल्प नेपाली दैनिकका प्रधान सम्पादक तथा अग्रज पत्रकार माधव धामी, रेडियो महाकाली एफएमका प्रबन्ध निर्देशक, मानसखण्ड नेपाली दैनिकमा प्रधान सम्पादक तथा अग्रज पत्रकार खेम भण्डारी, आभाषकुञ्ज नेपाली दैनिकमा प्रधान सम्पादक मनोज भट्ट, पश्चिम संदेश नोपली दैनिकमा सह–सम्पादक पप्पु गुरुङ्गले प्रशिक्षण दिएका थिए ।
तालिममा सिकेका कुरालाई ब्यावहारमा उतार्न नगर क्षेत्रको पत्रकारितामा नयाँ पुस्ताको आगमनलाई प्रोत्साहित गर्ने बिश्वास व्यक्त गरिएको छ् । महेन्द्रनगर मिडिया नेटवर्क प्रालिका अध्यक्ष मनोज भट्टको सभापतित्वमा संचालन भएको ७ दिने आधारभुत पत्रकारिता तालिम सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली रहेका थिए भने बिशिष्ठ अतिथीमा पश्चिम संदेश नेपाली दैनिकमा सह(सम्पादक पप्पु गुरुङ्ग रहेका थिए ।अतिथीमा समाजिक अभियन्ता ललित प्रसाद भट्ट रहेका थिए । स्थानीय तहमा हुने बिकाश निर्माणका गतिविधीलाई संचार माध्यम मार्फत जनतालाई सुसूचित गराउने तालिमको उद्धेश्य समेत रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । सात दिन सम्म सञ्चालन भएको तालिममा नगर क्षेत्रको १९ जना युवा, युवतीको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले सिप सिकेर क्षमता विकास गर्न र सिकेका कुरा व्यवहारमा उतारेर अघि बढ्न सुझाव दिएका छन् । समाजलाई सही दिशा तर्फ डो¥याउन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रोको खवरदारी गर्न पत्रकारिता सशक्त माध्यम भएको उनको भनाई रहेको छ् । आभाषकुञ्ज नेपाली दैनिकका प्रधान सम्पादक मनोज भट्टले सञ्चार माध्यमका लागी दक्ष र योग्य जनशक्तिको खाँचो रहेको औल्याउदै व्यवसायिक रुपमा अघि बढ्न सुझाव दिएका छन् । तालिममा सहभागी युवा, युवतीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ् ।
पत्रकारितामा युवाहरुलाई अवसर प्रदान गर्दै अझ बढी गुणस्तरियताका साथ पत्रकारिता क्षेत्रको विकास र विस्तार गर्ने लक्ष्य राखी तालिमको आयोजना गरिएको बक्ताहरुले बताएका छन् ।

समापन सत्रमा सामाजिक अभियन्ता ललित प्रसाद भट्टले दोधारा चाँदनी नगर क्षेत्रमा पत्रकारिताको अझै बिकास नभईसकेको बताएका छन् । पत्रकारिताको बिकासको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय बिभिन्न समयमा युवा तथा युवतीहरुलाई पत्रकारिता तालिम संचालन संगै पत्रकारहरुलाई उत्साहजनक कार्य गर्नु पर्ने सामाजिक अभियन्ता भट्टले बताए । नगर क्षेत्रको बिकासको लागी पत्रकारिताको अहम भुमिका रहेने हुदा भौतिक तथा सामाजिक बिकास संगै पत्रकारिताको बिकास पनि संगै संगै लग्नु पर्ने उनको भनाई रहेको छ् । सहभागीहरुले तालिममा सिकेका कुरा ब्यावहारमा उतार्ने प्रतिबद्धता समेत गरेका छन् । महेन्द्रनगर मिडिया नेटवर्क प्रालिको आयोजनामा दोधारा चाूदनीमा एक हप्ते आधारभुत पत्रकारिता तालिमको समापन सत्रमा स्वागत मन्तब्य सामाजिक अभियन्ता ललित प्रसाद भट्टले राखेका थिए भने, कार्यक्रम संचालन तालिमका सहभागी सुरेश कोलीले गरेका थिए ।

 

ताजा समाचार

This will close in 10 seconds