भीमदत्त नगरपालिका वडा न.२ मा बेमौसमी तरकारी खेती तालिम शुरु

कञ्चनपुर,

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा बेमौसमी तरकारी खेती तालिम शुरु गरिएको छ ।
निड्स नेपाल कञ्चनपुरको आयोजनामा मंगलबारदेखि उल्टाखाममा बेमौसमी तरकारी खेती तालिम शुरु गरिएको हो ।
कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्।युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना अन्र्तरगत भिमदत्त नगरपालिका वडा नं २ का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमको उदघाटन गरिएकोे छ ।भीमदत्त नगरपालिका वडा न. २ का वडाध्यक्ष एव प्रमुख अतिथि डम्बर कार्की(डिके)ले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने बताए ।
आगामी दिनमा क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता जाहेर गरेका छन ।कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ । निड्स नेािल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी)को अध्यक्षतामा भएको कार्यक्रममा निड्सका कोषाध्यक्ष रविन्द् देवकोटा, विनोद कडारा,पुष्पा जोशि र तालिम प्रशिक्षक आदिको उपस्थिति रहेको िथयो ।

ताजा समाचार

This will close in 10 seconds