ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला ओलीकै नेतृत्वमा सम्बृद्धि नेपाल सुखी नेपाली बन्ने दावि

कञ्चनपुर

नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको छ । शुक्रबार महेन्द्रनगरका राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको हो । भेला तथा जिल्ला कमिटि घोषणा तथा सपथ ग्रहरण कार्यक्तमको राष्ट्रिय युवा संघका संगठन विभाग प्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन । भेलाको स्वागत मन्तव्य राख्दै राष्ट्रिय युवा सघका केन्दीय सचिव मिलन सिहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको चाहना अनुरुप सम्पूर्ण युवाको बेरोजगारी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

‘हामी निश्चित उद्देश्य लिएर आएका छौँ, ‘केन्दीय सचिव सिहले भने, ‘युवा बेरोजगारी अन्त्य गर्नुपर्छ ।’ भेलामा राष्ट्रिय युवा संघका संगठन विभाग प्रमुख महेश बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बचन बहादुर सिह, नेकपा सुप प्रदेशका सचिव सिह रावलले सम्बोधन गर्दै वर्तमान ओली नेतृत्वको सरकारले अघि सारेका योजनाले देशको सम्बृद्धि भईरहेको दावि गरेका छन । सिके रावत, विप्लव सहितलाई शान्तिपूर्ण वार्तामा ल्याएको बताएका छन । सुखी नेपाल सम्बृद्धि नेपालको चाहना ओलीकै पालामा भएको दावि गरेका छन ।

राष्ट्रिय युवा सघ कञ्चनपुरका संयोजक प्रशान्त भट्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्दीय सदस्य शंकर भट्टले गरेका थिए । कार्यक्रममा कञ्चनपुरभरीका राष्ट्रिय युवा संघका नेता कार्यकर्ता, नेताहरुको सहभागिता रहेको थियो । भेलाले जिल्ला कमिटि समेत विस्तार गर्ने छन ।

ताजा समाचार

This will close in 10 seconds