दोधारा चाँदनीमा महेन्द्रनगर मिडियाले संचालन ग¥यो एक हप्ते पत्रकारिता तालिम

दोधारा 

महेन्द्रनगर मिडिया नेटवर्क प्रालिको आयोजनामा दोधारा चाँदनीमा एक हप्ते आधारभुत पत्रकारिता तालिम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र महेन्द्रनगर मिडिया नेटवर्क प्रालिको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा एक हप्ते नगर स्तरिय आधारभुत पत्रकारिता संचालन भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच एक हप्ते आधारभुत पत्रकारिताको उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका युवा युवतीहरुलाई लक्षित गरेर सञ्चारको पहुचबाट नजिक ल्याउन र सूचना सञ्चारका बारेमा जानकारी गराउने उद्देश्य अनुरुप एक हप्ते आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरिएको नगर प्रबक्ता सिजालीले बताएका छन् ।

No description available.

तालिमले नगर क्षेत्रको पत्रकारितामा नयाँ पुस्ताको आगमनलाई प्रोत्साहित गर्ने बिश्वास व्यक्त गरिएको छ् । नगर प्रबक्ता सिजालीले तालिमको उदेश्य बारे प्रकाश पार्दै स्थानीय तहमा हुने बिकाश निर्माणका गतिविधीलाई संचार माध्यम मार्फत जनतालाई सुसूचित गराउने तालिमको उद्धेश्य समेत रहेको बताएका छन् । महेन्द्रनगर मिडिया नेटवर्क प्रालि अध्यक्ष तथा आभाषकुञ्ज दैनिकमा प्रधान सम्पादक तथा प्रेस युनियन कञ्चनपुर सचिव मनोज भट्टको सभापतित्वमा संचालन भएको एक हप्ते आधारभुत पत्रकारिता तालिम उद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली रहेका थिए । बिशिष्ठ अतिथीमा विकल्प नेपाली दैनिकका प्रधान सम्पादक तथा बरिष्ठ पत्रकार माधव धामी, पत्रकार पप्पु गुरुङ्ग रहेका थिए । अतिथीमा स्थानिय सामाजसेवी तथा युवा नेता ललित भट्ट, सनसेट नेपाल दोधारा चाँदनीका अध्यक्ष रमेश भण्डारी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई जनक बहादुर कार्की, रेडियो जनवोलीका स्टेशन म्यानेजर राकेश दयाल लगाएत तालिममा सहभागीहरुको उपस्थिती रहेको थियो । विकल्प नेपाली दैनिकका प्रधान सम्पादक तथा बरिष्ठ पत्रकार माधव धामीले बर्तमान अवस्थामा बिगतका दिनहरुमा जस्तो पत्रकारिता गर्न असहज नभएको बताएका छन् ।

No description available.

बिगतमा दिनहरुमा आफुहरुले पत्रकारितामा पाएको कठिनाईको बारेमा बताउदै दोधारा चाँदनीी नगरपालिका क्षेत्रको बिकास र समृद्धिको लागी पत्रकारिता आवश्यक रहेको उनले बताएका छन् । दोधारा चाँदनीमा जनशक्तीको आवश्यकता पत्रकारिता क्षेत्रमा कामय रहेको समेत उनले वताए । नयाँ पत्रकारहरुलाइ पत्रकारिता क्षेत्रमा स्वागत गर्दै सत्य तथ्यमा आधारित रहन, आवाज बिहिनहरुको आवाज बन्न, गरिब जनताको समस्याहरु सम्बन्धित निकाय सम्म पु¥याउनका निम्ति सहयोगी बन्ने आभाषकुञ्ज दैनिकमा प्रधान सम्पादक तथा प्रेस युनियन कञ्चनपुर सचिव मनोज भट्टले बताएका छन् । पत्रकारितामा युवाहरुलाई अवसर प्रदान गर्दै अझ बढी गुणस्तरियताका साथ पत्रकारिता क्षेत्रको विकास र विस्तार गर्ने लक्ष्य राखी तालिमको आयोजना गरिएको पत्रकार मनोज भट्टको भनाई छ् । संचार क्षेत्रमा काम गर्न ईच्छुक युवाहरुलाई पत्रकारितामा आवद्ध गराई नगर क्षेत्रमा संचारकर्मीको शसक्त उपस्थिती गराउने हेतुले तालिमको आयोजना गरिएकोमा आफुले बिश्वास लिएको सनसेट नेपाल दोधारा चाँदनीका अध्यक्ष रमेश भण्डारीले बताएका छन् । तालिममा दोधारा चाँदनी नगर क्षेत्रका १५ जना युवा तथा युवतीको सहभागिता रहेको थियो । कार्यक्रम संचालन नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीमा अध्यक्ष रमचन्द्र थापा मगरले गरेका थिए भने, स्वागत मन्तब्य सामाजसेवी तथा युवा नेता ललित भट्टले राखेका थिए । तालिमका प्रशिक्षकमा कञ्चनपुरको अग्रज पत्रकारहरुले प्रशिक्षण गर्ने बताईएको छ् ।

ताजा समाचार

This will close in 10 seconds