भीमदत्त नगरपालिका ९ खल्लामसेट्टी क्षेत्रको महाकाली नदीमा सफल ¥याप्टिङ्ग

कञ्चनपुर
कञ्चनपुरको उत्तरी चुरे स्थित महाकाली नदीमा (साहसिक जलयात्रा) ¥याप्टिङ्ग गरिएको छ । भीमदत्त नगरपालिकाले महाकाली नदी चुरे क्षेत्रमा सफल (साहसिक जलयात्रा) ¥याप्टिङ्ग गरेको हो । भीमदत्त नगरपालिका ९ मुसेट्टीदेखि सन्तनगरखल्लासम्म १० किलोमिटर नदीमा सफल ¥याप्टिङ्ग गरिएसंगै सो क्षेत्र महाकाली नदी ¥याप्टिङ्गका लागि उपयुक्त देखिएको छ । भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले पानीको बहुउपयोग गर्नका लागि नगरपालिकाले जलयात्रा गरेको बताए । ‘हामीले पर्यटन विकासका लागि सो क्षेत्रको साईलेन्ट रिभर रोजेका हौँ, ‘उपाध्यक्ष चन्दले भने, ‘अहिलेको सफल परीक्षण पछि सरकारी निजी क्षेत्रले नियमित जलयात्रा संचालन गर्नुपर्छ ।’ पानीको सदुपयोगका साथै संरक्षणका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउदै उनले सो क्षेत्रलाई प्राकृतिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोडदिए ।

भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले धार्मिक प्राकृतिक रुपमा महत्वपूर्ण रहेको पर्यटकिय क्षेत्रको विकासका लागि स्थानीय सरकारले आग्रसर हुनुपर्ने बताए । ‘यो एक धार्मिक ऐतिहासिक पर्यटकिय क्षेत्र नै हौँ, ‘उनले भने, ‘पारी भारतमा पुर्णागिरी मन्दिर वारी नेपालमा सिद्धनाथ मन्दिर छ ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले पर्यटन विकासका लागि निजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताए । अध्यक्ष मल्लले निजी क्षेत्रका तर्फबाट पर्यटन विकासका लागि पहल गर्ने आवश्वासन दिनुभयो । कर्णाली ¥याप्टिङ्ग एण्ड एडभेन्चर प्रालिका संचालक देवराज जैसीले महाकाली नदीमा जलयात्रा सम्भव रहेको बताए । ‘महाकाली नदी यो क्षेत्रमा सम्भावना छ, ‘उनले भने, ‘लगानी आवश्यक छ ।’ भीमदत्त नगरप्रमुख सुरेन्द्र विष्टले उत्तरी चुरे महाकाली नदीको बहुउपयोग सम्भावना पहिचान गरेर तीन÷चार पटक ¥याप्टिङ्ग गरेको बताए । मेयर विष्टले जलयात्राको औपचारिक उद्घाटन भएकाले निजी क्षेत्रलाई संचालन गर्न आब्हान समेत गरेका छन ।

‘यो क्षेत्र जलयात्राको प्रर्याप्त सम्भावना रहेछ, ‘मेयर विष्टले भने, ‘त्यसैले नरपालिकाले विभिन्न निजी क्षेत्रसंग समन्वय गरेर सफल जलयात्रा गरेको छ ।’ मेयर विष्टले महाकाली नदीपारी भारतको उत्तराखण्ड प्रदेशमा पुर्णागिरी मन्दिर र वारी नेपाल सुदूरपश्चिम प्रदेशका सिद्धनाथ मन्दिरविच क्षेत्रमा नदी सुनसान, साईलेन्ट बग्ने काम पनि ऐतिहासिक धार्मिक रहेको बताए । ‘यो एक ऐतिहासिक धार्मिक शक्तिपिठ देखिन्छ, ‘उनले भने, ‘जहाँ सिङ्गो महाकाली नदीकै आवाज नै आउँदैन ।’ मेयर विष्टले जलयात्राको सम्भावना देखेर नगरपालिकाले महाकाली तटिय क्षेत्रका १० जना स्थानीय युवालाई तालिम लिएको बताए । ‘यहाँ पर्यटकिय प्रसस्त सम्भावना छ, ‘मेयर विष्टले भने, ‘हामी महाकाली नदीको बहुउपयोग गछौँ ।’ मेयर विष्टले प्याप्टिङ्ग खरिदका लागि अनुदान दिने समेत बताए ।

ताजा समाचार

This will close in 10 seconds