सुदुर पश्चिमविश्वविद्यालयमा विद्यार्थीको शुल्क फिर्ता आन्दोलन दाेस्राे चरणमा

कञ्चनपुर
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा भएकाे शिक्षण शुल्क बृद्धिको विरोधमा उत्रिएका कञ्चनपुरका विद्यार्थी संगठनहरुले पहिलाे चरणमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकाे केन्दिय क्याम्पसमा लेखाशाखाहरुमा तालाबन्दी ,पदाधिकारीलाई कार्यालय प्रवेशमा निषेध गरेका थिए । यसैबिच विश्वविद्यालयको केन्द्रिय क्याम्पस इकाई कमिटिका ७ विद्यार्थी संगठनहरुले साेमवार एक प्रेश विज्ञप्ती जारी गर्दै पराना कार्यक्रम यथावत राख्दै चैत्र १० गते बाट थप ३ दिने कार्यक्रम हरु सार्वजनिक गरेका छन । अपिल पत्र समेत प्रचार गर्ने , गते प्ले कार्ड सहित केन्दिय कार्यालय मा धर्ना दिने , १२ गते केन्दिय क्याम्पसकाे मुल गेटमा उपकुलपति र रजिष्टारकाे पुत्ला दहन गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले जानकारी दिए ।

अनेराश्ववियुका अध्यक्ष रोहित गजुरेल, नेविसंघका जिल्ला उपाध्यक्ष विक्रम बुढा, अखिल (कान्तिकारी) का अध्यक्ष गणेशराज मिश्र, अखिल (कान्तिकारी) का अध्यक्ष नागेन्द्र पन्त, अखिल (कान्तिकारी) का संयोजक अर्जुन विक, अखिल (छैठौं) का अध्यक्ष दिपेन्द्र कार्की, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका अध्यक्ष शंकर बोहराद्धारा हस्ताक्षरीत विज्ञप्ती जारि गरेका छन ।

उनीहरुले विश्वविद्यालयले केन्द्रीय क्याम्पससहितका आंगिक क्याम्पसमा समेत बृद्धि गरिएको शैक्षिक शुल्क पुर्ण फिर्ता हुनुपर्ने माग गर्दै अान्दाेलन सुरु गरेका हुन र विश्वविद्यालयले केही मात्रामा शुल्क घटाएकाे थियाे । बिध्यार्थि संगठनहरुले लामाे समयदेखि काेभिड १९ ले अभिभावक काे राेजगारि गुमेकाे अाथिक संकटकाे अवस्थामा रहेकाे जस्ता समस्या देखाइ बिध्यार्थिले बढेकाे शुल्क तिर्न कठिन हुने भएकाेले पुर्ण शुल्क फिर्ताकाे माग राखेकाे नेता मिश्रकाे भनाइ
छ ।

ताजा समाचार

This will close in 10 seconds