कञ्चनपुर एनप्याब्सनको पाचौं जिल्ला अधिवेशन समपन्न

कञ्चनपुर एनप्याब्सनको पाचौं जिल्ला अधिवेशन समपन्न भएको छ । निजी विद्यालयहरुको संगठन एनप्याव्सन विद्यालयको र विद्यालयमा रहेको कर्मचारीहरुको हकहितको लागि लड्दै आएको संस्था हो । पाँचौ जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथीले अब विद्यालयहरुमा पनि सिटीविटीको पढाई गर्नु पर्ने,संस्थागत विद्यालय र सामुदायिक विद्यालयको असमानता हटाउनुपर्ने र शनिबार हुने बन्दसत्रमा सके सम्म चुनावमा नगई सर्वसम्मत बाट चयन हुनु पर्नेमा जोड दिनु भयो ।

एनप्याब्सनका अध्यक्ष दिपक चन्दको सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथी केन्द्रीय अध्यक्ष रितु राम सापकोटा रहनु भएको थियो कार्यक्रम एनप्याब्सनका सचिव विर बहादुर चन्दले गर्नु भएको थियो ।

शनिबार भएको एनप्याब्सनको जिल्ला भेलामा विगतमा १६२ विद्यालय सदस्य रहेका थिए भनृे यस वर्ष १० विद्यालय थप भई १७२ विद्यालय सदस्य रहेको छ । बन्द सत्र चलिरहेको हुदाँ आईतबार विहान सम्म चुनवी नतीजा आउने सचिव विर बहादुर चन्दले बताउनु भयो ।

 

ताजा समाचार

This will close in 10 seconds