युवतीलाई झुण्डाएर मारेको आरोपमा द्रुरुत्साहन मुद्दा दर्ता

भीमदत्तनगर

भीमदत्तनगर पालिकाको वडा नं.–१० तिलकेनी घर भएकी वर्ष २२ की जयन्ती जोशी (अवस्थी)लाई झुण्डाएर मारेको माईती पक्षले आरोप लगाएका छन् । चैत्र ४ गते विहान झुण्डिएको अवस्थामा फेला पारे पछि माईती पक्षलाई विहान ५ बजे खबर गरेका थिए ।

No description available.

मटेना–९ माईत घर भएकी जयन्तीको २०७७ मंसिर २२ गते तिलकेनी घर भएका वर्ष २५ का प्रकाश अवस्थी सँग ४ महिना अघि मात्र विवाह भएको थियो । केटा इन्डियामा काम गर्छ भनेर केटाको बुवाले झुकाएर विवाह गरेको, केटालाई इन्डियाको सुधार गृहमा राखेर ल्याएको तिन दिनमा केटा इन्डिया काम गर्छ भन्दै केटाका बुवा गणेश अवस्थी छोरी मागन आएको र आफुहरुले पनि विश्वास गरेर छोरी दिएको मृतक जयन्तीकी आमा मानमतीले बताइन ।

केटाले नशा सेवन गरेर विवाह भएको ३/४ दिनमै छोरीलाई यातना दिन लागे पछि पटक–पटक माइत आउने गरेको र फागुन २६ गते घरमा श्राद्ध छ भनेर ससुराले बोलाएर लगेको ९ दिनमै हत्या भएको माइती पक्षले आरोप लगाएका छन् । बुवाले झुकाएर विवाह गरी दिएको र छोराले मारेको भन्दै प्रहरी समक्ष किटानी मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले मारेको किटानी मुद्दा दर्ता नगरी द्रुरुत्साहन मुद्दा दर्ता गरेको बताए ।

स्थानिय गणेश बहादुर बम र केशव पालले लाशलाई धेरै दिन सम्म राख्दा सडने, गनाउने हुनाले शवलाई बुझी दाह संस्कार गर्नु पर्ने र दोषी भए उम्कन नहुने र निर्दोष फस्न नहुने बताए प्रहरीले छान विन गर्दै गर्छ तर शवलाई धेरै दिन नराखी हिन्दु परम्परा अनुसार दाह संस्कार गर्नु पर्नेमा जोड दिए । माइती पक्षले अहिले सम्म शव बुझन नमान्दा शव महाकाली अस्पतालमा नै रहेको थियो मुद्दा दर्ता पछि आपन्तले शव बुझन मानेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताले द्रुरुत्साहन मुद्दा दर्तागरी छनविन प्रकिया अगाडी बढाएको र लाश पोष्टमार्टम गरी शव बुझने सहमती भएको बताए ।

ताजा समाचार

This will close in 10 seconds