आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी तालिमको उदघाटन

कञ्चनपुर,

युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना कञ्चनपुरको बेलाैरि नगरपालिका वडा नं ३ का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता निडस नेपालका सह सचिव दुर्गा खरेल ज्युले गर्नुभएको थियो भने प्रमुख अतिथी बेलाैरि नगरपालिका का नगर प्रमुख पाेतिलाल चाैधरि रहनु भएकाे थियाे । भने विशिष्ट अतिथि नगर उपप्रमुख चित्रा कुमारि चाैधरि रहनु भएकाे थियाे । कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्। नगरपमुख चाैधरि ले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कायकममा िनडसका विनाेद कडारा,मनराज उपाध्याय, किसान २ परियाेजनाका कमचारि,सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लि का प्रतिनिधिल प्र.जाेशी, प्रशिक्षकहरू तथा संस्थाका विनाेद कडारा, मनराज उपाध्याय,नगरपालिका राेजगार संयाेजक ,कृषि शाखा प्रमुख र वडा ३ का अध्यक्ष नेत्रलाल गिरि अादिकाे उपस्थिति रहेकाे िथयाे ।

ताजा समाचार

This will close in 10 seconds