श्रीमती मारेको अभियोगमा दोधारा चाँदनीका एक ब्यक्ती प्रहरी नियन्त्रणमा

दोधारा

श्रीमती मारेको अभियोगमा दोधारा चाँदनीका एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बिजौरे टोलका वर्ष अन्ताजी ४७ का मान सिंह सुनारलाई प्रहरीले पक्राउ गरेको हो । गएको २ गते राती समान्य बिबादमा मान सिंह सुनारले आफ्नो श्रीमती वर्ष अन्ताजी ४५ का पानसरी दमाईलाई कुटपिट पछि घाईते भएको र उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको बताईएको छ् ।

उनको हिजो मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले पानसरी दमाईलाई मान सिंह सुनारले कुटपिट पछि मारेको उजुरी आएपछि मान सिंह सुनारलाई नियन्त्रण पछि अनुसन्धान थालेको बताएका छन् । ‘पानसरीको कुटपिट पछि मृत्यु भएको उजुरी आएपछि मृतकको श्रीमानलाई नियन्त्रण लिएर अनुसन्धान थालेका हौं’ ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक लाल बहादुर बमले भने ।

ताजा समाचार

This will close in 10 seconds