महाकालिमा बन्दै गरेको ४ लेनको पुल आयोजनालाइ ढुङ्गाको समस्या

अबैध ढुङ्गा उत्खनन् भएको स्थानिय युवाको आरोप

कंचनपुर

कंचनपुरको महाकालि नदिमा भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बिच भुजेलामा निर्माणाधिन चार लेनको पुलले दुबै नगरपालिका जोड्ने मात्र नभएर दोधारा चाँदनी नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण गरि भारतका औधोगिक क्षेत्रहरु संग जोड्ने नेपालको सबैभन्दा नजिकको बाटो हुने र पश्चिम नेपाल समेत देशकै लागि राम्रो हुने भन्दै यो आयोजना सुरुवात गरिएको हो । यो पुलको दुबै तर्फ बाध सहितको ड्याम निर्माण गरिने र ती बाधको लागि करिव २५० किलो माथिका ढुङ्गा एक लाख चालीस हजार घन मिटर आवश्यक पर्ने र ती मध्ये अहिले सम्म करिव १५-१६ हजार घनमिटर मात्र आयोजना स्थलमा पुर्याउन सकेको र आयोजना स्थल भन्द करिव २० किलोमिटरका क्षेत्रबाट ढुङ्गा उपलब्ध हुनुपर्ने भए अनुसार स्थानिय दलहरु र प्रशासन नगरपालिका सबैको पहलमा नगरपालिकाले देखाएको ठाउवाट ढुङ्गा उठाएको पुल आयोजनाका इन्जिनियर किशोर पाण्डेयले बताए ।

पुललाइ आवश्यक पर्ने ढुङ्गा भीमदत्त नगरपालिका चुरेक्षेत्र बाट आइरहेको म१क ३३३, ३३७, २९४ नम्बरका टिप्परलाइ स्थानिय युवा किशोर रावल समेत का युवाहरुले उत्खनन् गर्न नपाइने राष्ट्रपति चुरे संरक्षण क्षेत्र बाट ल्याइएको र त्यहाको वातावरणयिय प्रभाव मुल्यांकन समेत नभएको जस्ले गर्दा तल रहेका बस्तिमा विभिन्न असरहरु पर्न सक्ने भएका कारण सोमवार साझ भिनपा ३ भाँसी राजमार्गमा रोकेर उनिहरुकै पहलमा जिल्ला वन सुरक्षा गार्डहरुको जिम्मा लगाएको छ ।स्थानिय युवाहरुले विभिन्न समुहले पैसाको चलखेल भएर अबैध ढुङ्गा उठाउन दिएको आरोप लगाएका छन । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले ढुङ्गा उत्खनन् सम्बन्धमा पुल आयोजना लाई डिजायन अनुसार सम्पन्न गर्न ल्याएका ढुङ्गामा नगरपालिकाले रोयल्टी काटेको हो, मंन्त्रालय वा अन्य निकायले कसरी उत्खनन् गर्न दिएको हो सो ब्यावस्थापनको जानकारि नभएको बताए । प्रमुख जिल्ला अधिकारी रामकुमार महतो संग यश बारेमा फोन सम्पर्क गर्दा उहाको फोन उठेन म्यासेजको जवाफ आएन ।

 

ताजा समाचार

This will close in 10 seconds