भीमदत्त नगरपालिकामा संचालित सघन क्षेत्रीय विकास आयोजनाको काममा विवाद

भगतपुर क्षेत्रमा काम ठप्प

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालित सघन शहरी विकास आयोजनाको काममा विवाद उत्पन्न भएकोछ । चालु आर्थिक बर्ष २०७७/०७८ मा संचालित योजना अन्र्तरगत नगरपालिकामा निर्माण गर्न हुन लागेको कालोपत्रे सडक र ढल (नाला निर्माण) कार्यमा विवाद देखिएको हो । भीमदत्त नगरपालिका ४ दशरथचोकदेखि भगतपुर क्षेत्रमा विवाद देखिएपछि सो क्षेत्रमा काम अघि बढन सकेको छैन । स्थानीयले बर्षातको पानी छेकिने हिसाबले नाला निर्माण र कतै १२ मिटर कतै १५ मिटर सडक बनाएर आफ्ना मान्छेका घर बचाउने अरुका भत्काउने षड्यन्त्र गरेर काम भईरहेको भन्दै निर्माण कार्यमा अवरोध गरेका छन । दशरथचोकदेखि भगतपुर चौराहसम्म नाला र ढल निर्माण कार्य अघि बढ्नुपर्ने भएपनि विवादित स्थानबाट पुर्वतिर काम अघि बढ्न सकेको छैन । दशरतचोकदेखि पुर्व जहाँसम्म नाला र सडक निर्माणको कामका लागि प्रकृया शुरु भएको थियो त्यहीसम्म मात्रै काम भईरहेको बाँकी काम रोकिएको छ ।

भीमदत्त नगरपालिकाले काँग्रेस नेता समेत रहेका पुर्व भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष दुर्गादत्त बोहराले निर्माण कार्यमा विवाद झिकेको आरोप लगाएका छन । भने बोहराले नगरपालिकाले आफुलाई काममा अवरोध पु¥याएको आरोप लगाउनु धर्म भएको बताए । बोहराले स्थानीय जनताको सल्लाहबिनै हचुवाको भरमा मोटो रकम खर्चिएर कमसल काम गरिरहेको आरोप लगाएका छन । उनले दिगो विकास र नगरकै भविष्यका लागि काम हुनुपर्ने भएपनि कमसल खालको काम भएको दावि गर्दै स्थानीयका घर डुवान हुने गरि नाला निर्माण गर्न थालेपछि रोक्नका लागि वडा कार्यालयमा निवेदन दिएको बताए । ‘यत्रो पैशा हामीलाई सधैभरी आउँदैन, ‘बोहराले भने, ‘पैशाको सदुपयोग भएको छैन, बरु दुरुपयोग भईरहेको छ काम पनि गुणस्तरहिन भईरहेको छ ।’ बोहराले डिजायन नै गलत र पुर्वाग्रही भएको दावि गर्दै जनताको भावना र विभेदकारी योजना भएकाले विवाद उत्पन्न भएको बताए । ‘मालपोत राजमार्ग जोड्ने सडकमा दैनिक मानिसको बढि चाप हुन्छ, त्यहाँ केही मान्छेले नगरविकासको जमिन अतिक्रमण गरेर बसेका छन, ‘उनीहरुलाई बचाउन साँघुरो सडक बनाउने अनि भगतपुर क्षेत्रका जनतालाई डुवान पार्ने हिसाबले उचो ढल बनाउने जहाँ जे आवश्यकता हो, त्यहाँ त्यही अनुरुपको संरचना बनाउनुपर्छ ?’ नालाको उचाई कम भए स्थानीयले विकास निर्माणको काममा अवरोध नगर्ने उनको भनाई छ ।

उनले जनताका लागि विकास हो, कि अरु कसैका लागि भन्दै प्रशन गरेका छन । जनताको चाहना विपरितका काम भए स्वीकार्य नहुने उनको दाविछ । भीमदत्त नगरपालिका ४ का वडा सदस्य शुशिल भट्टले उक्त क्षेत्रका अवरोध नभई काम स्थगित गरिएको बताए । ‘काम अवरोध गरिएको छैन, ‘उनले भने, ‘स्थानीय जनताले कतै दलको उचाई कम गर्नुपर्ने माग अघि सारेका छन ।’ अन्य ठाँउमा १२मिटर सडक विस्तार भएपनि सो क्षेत्रका १५मिटर हुँदा जनता चिढिएको भट्टले बताए । ‘अहिले अरु ठाँउमा काम भईरहेको छ, ‘उनले भने, ‘अन्तमा त्यहाँ हुन्छ ।’ नाला डाईभटको पक्षमा वडाका जनप्रतिनिधी रहेको उनको भनाई छ । भीमदत्त नगरपालिका न्याय समिति सदस्य सन्तोषी साउद(ऐर)ले नियमानुसार विकास निर्माण अघि बढ्ने बताउदै, सडकमा रहेका घर लगायतका संरचना तोडेरै भएपनि काम अघि बढाईने बताईन । गुणस्तर स्टमेट अनुरुप काम भईरहेको जनाउदै नगरपालिकाले विकास बिरोधी समुह तत्वहरुले यस्तै आरोप लगाउने गरेको जनाएको छ । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले विवादै नभएको बताउदै उनले काम नरोकिएको बताए । प्रवक्ता चन्दले धमाधम काम भईरहेको दावि गरेका छन ।

भीमदत्त नगरका ईन्जिनियर तथा परियोजनाका पोकलप्रशन गोरख बहादुर सिहले सो क्षेत्रमा विवाद नभएको र काममा पनि कुनै अवरोध नभएको दावि गरेका छन । ‘त्यहाँ विवाद नै छैन, तपाईहरुलाई को ले भन्यो, ‘ईन्जिनियर सिहले भने, ‘जसलाई पाईक नै प्रदैन उनीहरुले समस्या भएको उठाईरहेका छन ।’ परियोजना संचालन अवागै स्थानीय दुर्गादत्त बोहरा, रतन सिह ठकुराठी, गोरख ब. चन्द, ओम प्रकास भण्डाी, कृष्णदत्त भट्ट, डम्बरदेवि कुँवरको समान्य घरका संरचना तोड्नुपर्ने बताए ।‘सबै स्थानीयले सडक र नालामा पर्ने संरचना तोड्न हामीसंग सहमती जनाएका छन, ‘उनले भने, ‘उनीहरुको ठूलो क्षति पनि छैन, समान्य पेटी, ईटा र टिणी हटाउनुपर्छ ।’नाला ठूलो लागेको हुनाले डुवान पर्ने चिन्ताले त्यस विषयमा केही स्थानीयले सुझाव दिएको बताउदै उनले सो क्षेत्र जहिले डुवान पर्ने बताए । ‘सबै स्थानीयको घरदेखि हामी पाईप राखेर पानी निकास गछौँ, ‘ईन्जिनियर सिहले भने, ‘हरेकको घरमा पानी निकास गरिदिन्छौँ ।’ जेआईलामा कस्ष्ट्रक्सन प्रालिले १ अर्ब लागतमा भीमदत्त नगरपालिका ४, ६, १८ क्षेत्रमा १४ किलोमिटरका २३ सडक र २२ किलोमिटर नाला निर्माण गरिरहेको छ । उक्त काम आधुनिक भएको नगरपालिकाले जनाएको छ । विकास निर्माण जनताकै लागि भएकाले विकास निर्माणमा बिरोधका लागि बिरोध र अनावश्यक राजनीति नगर्न आग्रह गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds