शुक्लाफाँटा नगरपालिका ९ नम्बर वडाद्वारा निःशुल्क स्वास्थ्य

शिबिर साढे चारसय नागरिकले सेवा लिए

क्ञ्चनपुर
क्ञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नम्बर वडाले निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको छ । वडाले शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो । गाँउकै असिग्राम माध्यामिक विद्यालययमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको थियो ।
शहरबजार, स्वास्थ्य क्षेत्रको पहुँच भन्दा टाढा रहेको वडाका नागरिकको स्वास्थ्य समस्या मध्य नजर गर्दै शिबिर संचालन गरिएकाले शुक्लाफाँटा नगरपालिका ९ नम्बर वडाका जनप्रतिनिधीले बताएका छन । शुक्लाफाँटा नगरपालिका ९ का वडाध्यक्ष रमेश बहादुर ऐरले वडावासी नागरिकको समस्या मध्य नजर गर्दै निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको बताए ।

वडाध्यक्ष ऐरले विशेषज्ञ स्वास्थ्य शिबिरमा आँखा, पाठेघर, छाला, पेट लगायत जनरल सेवा दिएको बताए । उनका अनुसार ४सय ४४जना नागरिकले सेवा दिएका छन । २ सय ३६ पुरुष, २सय २ महिलाले सेवा लिएका छन । उनीहरुलाई औषधी र सय जनालाई चस्मा समेत वितरण गरिएकोछ । ३१ जना मोतियाबिन्दुका बिरामीको अप्रेसन गर्नुपर्ने भएकाले उनीहरुको उपचारका लागि समेत वडाले सहयोग गर्ने अध्यक्ष ऐरले बताए ।

‘हामी हरेक बर्ष निःशुःल्क स्वास्थ्य शिबिर संचालन गछौँ, ‘वडाध्यक्ष ऐरले भने, ‘शिबिरमा आसपासका वडाका नागरिक समेत सेवा लिन्छन ।’ शुक्लाफाँटा नगरपालिका ९की दलित महिला सदस्य बिमला सार्कीले जनताको पिरमर्का बुझेर शिबिर सचालन गरिएको बताउदै गरिब, दलित आदिवासी एव विपन्न समुदाय लाभान्वित भएको बताईन । शुक्लाफाँटा नगरकी महिला नेत्रृ धर्मा विष्टले वडा सरकारबाट गरिएको कार्य सरायिन भएको बताईन ।

‘यहाँबाट जनतालाई अन्यन्त्र जान भाडा नै तिनुपर्ने बाध्यता छ, ‘उनले भनिन, ‘गाँउमै स्वास्थ्य सेवा सुविधा भएपनि जनता स्वत लाभान्वित भए ।’ गाँउमै विषेयज्ञ स्वाथ्य सेवा पाएपछि स्थानीय हर्षित भएका छन । स्थानीय पदम सुनारले वडा सरकारबाट एक दिनकै लागि भएपनि स्वास्थ्य सुविधा दिएको बताए । ‘वडा सरकारले जति सक्छ, त्यति गरेकै छ, ‘उनले भने, ‘नगरपालिकाबाट यस्ता समाजिक कुनै काम भएनन ।’ स्थानीय महिला रुक्मा दमाईले गाँउमै शिबिर संचालन भएपछि महिला बढि प्रभावित भएको बताईन । ‘आज गाँउमै निःशुल्ःक स्वास्थ्य सेवा पाईएको छ, ‘उनले भनिन, ‘हामी हर्षित भएका छौँ ।’ स्थानीयले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई सेवा विस्तारका लागि शिबिरको अवधि बृद्धिमा जोडदिएका छन ।

ताजा समाचार

This will close in 10 seconds