कञ्चनपुर,
कञ्चनपुर जिल्लामा अपाङ्गता महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको एक कार्यक्रमका बिच उद्धघाट्न भएको छ।
नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरले बेदकोट नगरपालिका वडा न.३ मा सहकारीको उद्धघाटन गरि प्रदेश सहकारी ऎन २०७५ अन्तर्गत स्थापित भइ संचालनमा ल्याएको छ।
जिल्लामा रहेका २७ वटा स्वावलम्बी समुह लाई परिमार्जन गरि अपाङ्गता भएका महिलाको प्रतिनिधित्व रहने गरि सहकारीको स्थापन गरि आज विधिवत उद्धघाटन गरिएको उक्त सहकारी संस्था कञ्चनपुरका अध्यक्ष अनिता ढुङ्गानाले बताउनु भएको छ।
उद्धघाटन कार्यक्रमका सभापति अपाङ्गता महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकि अध्यक्ष अनिता ढुङ्गाना,प्रमुख अतिथि बेदकोट नगरपालिका उपप्रमुख सुशीला सिंह,विशिष्ट अतिथिमा भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्रालय रजिस्ट्रार कार्यालय सुदूरपश्चिम प्रदेश नासु देवराज पन्त, सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज कुवर,अतिथिमा सुदूरपश्चिम प्रदेश राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष उपेन्द्र खडायत ,महिला मानव अधिकार रक्षक संजाल कञ्चनपुरका अध्यक्ष भगवती थापा लगायत जिल्लाका विभिन्न पालिकामा रहेका अपाङ्गता व्यक्तिहरुको उपस्थिति रहेको थियो भने अपाङ्गता महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष खेमा सापकोटाले कार्यक्रमको संचालन गर्नु भएको थियो।