हान्डवास स्टेसन र खानेपानीको व्यवस्थापनबारे अभिमुखिकरण

महेन्द्रनगर 
हान्डवास स्टेसन र खानेपानीको व्यवस्थापनबारे अभिमुखिकरण भीमदत्त नगरपालिकाकास्थित विभिन्न आधारभुत विद्यालयका शिक्षक तथा कार्यालय सहयोगीलाई अभिमुखिकरण कार्यक्रम गरिएको हो । निड्स नेपालद्धारा सञ्चालित स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना अन्र्तगत विद्यालय, वडा कार्यालय लगायतका सार्वजनीक ठाउँमा ह्यान्डवास स्टेसन र खानेपानीको ट्¥याङकी जडान गरिएको थियो ।

परियोजना सम्पन्न भएपछि ती ह्यान्डवास स्टेसन र खानेपानी ट्याङ्कीको सञ्चालन तथा व्यवस्थापन गर्ने भन्नेबारे अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । परियोजनकी जेण्डर अफिसर शिला योगीले परियोजना फेज आउट पश्चात त्यसको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताईन् ।

उनका अनुसार अभिमुखिकरण कार्यक्रममा सहभागीलाई ह्यान्डवास स्टेसन तथा खानेपानीको धारा मर्मत संम्भार गर्नेबारे पलम्बमार्फत प्रशिक्षण समेत गराईएको छ । त्यस्तै धारा सञ्चालनका लागि विद्यालयमा कमिटी गठन आवश्यक व्यवस्थापन गर्न शिक्षकहरुलाई सुझाईएको छ । अक्सफामसँगको साझेदारीमा सञ्चालित उक्त परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडामा सञ्चालन गरिएको छ । परियोजनामार्फत स्वस्थ्य सामाग्री वितरण, लैङ्गीक तथा आमा सचेतना लगायतका अन्य जनचेतनामुलक कार्यक्रम गरिदैँ आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds